
आइसिएआइ अन्तर्गतको सिपिटी र फाइनलको नतिजा सार्वजनिक भएको छ तर अत्याधिक विद्यार्थीले भने आफ्नो नतिजा समेत हेर्न पाएका छैनन् । नतिजा प्रकाशित भएको साइटमा धेरै नै समस्या आइरहेको छ । एक जना सीए फाइनलका विद्यार्थीले प्रकाश पराजुलीले भने, ‘आइसिएआइले हाम्रो जिन्दगीसँग खेलवाड गर्यो । हामी कति मानसिक रुपमा तनाव खेपिरहेका छौ तर आफ्नो नतिजा प्रकाशित भएपनि हामीले नतिजा हेर्न पाएका छैनौ ।’
उता सीए क्षेत्रका शिक्षक सिए नगेन्द्र साहले व्यंग्यात्मक किसिमले आफ्नो आक्रोष पोखेका छन्। उनि भन्छन – ‘ पछिल्लो २५ मिनेटको अन्तरालमा मैले एउटा पनि विद्यार्थीको नतिजा हेर्न पाएको छैन । वाह ! आइसिएआइको साइट व्यवस्थापन । ‘
उता आइसिएआइले भने जति सक्दो चाडै नै समस्या समाधान हुने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्