Skip to content

‪‎जरूर पुग्नेछु आमा‬, सीए विद्यार्थी “ए.पी.” सुमनको कविता


जरूर पुग्नेछु आमा‬

जगदीश घिमिरेको अन्तर्मनको यात्रा गर्दागर्दै,
ब्रजेश खनालको यायावर झैँ
तरुणी प्रसाद कोइरालाको अग्निबाटिका हुँदै
म वि.पी.को यस्तो घुम्तीमा आइपुगेको छु आमा,
जहाँ सञ्जीव उप्रेतीका घनचक्करहरु
दौलत विक्रम विष्टका चपाइएका अनुहारहरु बोकेर
मेरा मुस्कानहरुलाई
मध्यरातमा टक्कर दिन तम्तयार भएका छन्,,,,
नारायण ढकालको प्रेतकल्पझैँ
अमर न्यौपानेको सेतो धर्तीमाथिका
आकाशहरु यति काला हुँदा रहेछन् आमा,
तिम्रो ईश्वरको मन भन्दा पनि कालो
तिम्रो चोलोको रंग भन्दा पनि कालो
जहाँ कुनै दिन बुद्धिसागरले
फिरफिरे हराएका थिए
कृष्ण धरावासीका पाइलाहरु
आधा बाटोमै डगमगाएका थिए ।।।।।।।।
तर….
तिमी फिक्री नगर आमा,
म चिना हराएको हरिवशं होइन
म खुशी हराएको विजयकुमार पनि हैन,
तिमीले भने झैँ
म त पाँच फुट भन्दा आधा फुट
धेरै उचाई भएको अग्लो मान्छे,
ठूलाबडाको भाषामा भन्दा
छ फुट भन्दा आधा फुट
कम उचाई भएको होचो मान्छे,
होचो, अग्लो जे भएनी
म त मनको संग्लो मान्छे
बा”को शब्दमा लफ्ङ्गो मान्छे
तिम्रो शब्दमा प्यारो लठेब्रो मान्छे
दुनियाँको शब्दमा फुल्न मुस्कुराउन
सिक्दै गरेको मान्छे ।।।।।।।।।
मैले मुस्कान हराएको छैन आमा
उ…त्यो पर क्षितिज पारी, अझ पारी,
पारिजातको शिरीषको फूलको छायाँमा
नयन राज पाण्डेको घामकिरीको उज्यालोमा
सरु भक्त मेरो मुस्कान धरौटी राखेर
उधारो मुस्कुराइरहेछन् आमा
एकदिन,
म नारायण वाग्लेको पल्पसा क्याफेमा
कर्ण शाक्यका सोचहरुको कफी पिएर
युग पाठकको उगे्रनको घोडामा
राजन मुकारुङ्गको दमिनी भीरबाट उडेर
धुव्रचन्द्र गोतामेका घामका पाइलाहरु पछ्याउँदै
जरुर पुग्नेछु आमा
उनको पागल बस्तीमा ।।।।।।।।।।
-“ए.पी.” सुमन

  s[email protected]

प्रतिक्रिया दिनुहोस्