Skip to content

सिए बिधार्थीहरुले संकलन गरेको राहत दाप्चामा वितरण


नेपाल भूकम्प राहत कोष दिल्लीले भारतमा सिए अध्ययन गरिरहेका बिधार्थी तथा त्यहाँका स्थानीय संघ संस्था तथा सिक्षकहरुबाट संकलन गरेका विभिन्न राहतमध्ये काभ्रेपलान्चोक जिल्ला अन्तर्गत दाप्चामा पाल तथा कम्मलवितरण गरिएको छ।  स्थानीय प्रतिनिधि अर्जुन अधिकारीको संयोजनमा राहत वितरण गरिएको हो। गत बैसाख १२ गते आएको भुकम्पले पिडित बनेका दाप्चाबासीलाई राहत स्वरूप पाल तथा कम्मल वितरण गरिएको हो। 
पीडा उस्तै, कसैका घर बाँकी रहेनन् : अन्य ठाउँका भूकम्प पिडित जस्तै दाप्चा बासीको पिडा पनि उस्तै छ।  दाप्चा अन्तर्गत अधिकारीथोकका अधिकांस घर भुकम्पले बस्न नहुने भएका छन्।  जिल्ला प्राविधिक टोलीले उक्त गाउँका सबै घरलाई रातो चीन्न लगाइसकेको छ।  अन्य ठाउँमा जस्तो मानवीय क्षति नभए पनि गाउँमा कहाँ बस्ने भन्ने चिन्ताले सताइरहेको स्थानीयहरू बताउँछन्।
 
थोरै राहतका लागि घन्टौ लाईन : भूकम्प पिडितका लागि गाउँमा पर्याप्त राहत नआएको गाउँ बासीको भनाइ छ।  आएको राहत लिन पनि घन्टौ कुर्नु पर्ने स्थानीय बासीको गुनासो छ।  गाउँबासी बीच नै समन्वय नहुँदा टाठाबाठाले राहत लिएको र वास्तविक पिडित सामु सरकारी राहत नै नपुगेको स्थानीयहरुको गुनासो छ।  यता भूकम्प पिडितहरु केहि दिन यता भएको निरन्तरको
बर्षाले अझै चिन्तामा परेका छन्।  “गाउँमा अझै पनि पुग्दो पाल आएको छैन। 
पानी पर्छ, के गर्ने ?” स्थानीयबासी भन्छन्।  दाप्चा अन्तर्गत
अधिकारीथोकका अधिकांस गाउँ बासी कृषिमा निर्भर छन्। 
बस्तुभाउको चिन्ता उस्तै : भूकम्प कारण घर भत्किएपछी घरसंगै आफ्ना बस्तु भाउको समेत चिन्ता छ दाप्चाबासीलाई।  ” घर बस्न नहुने भएको छ।  बस्तुभाउ कहाँ राख्ने भन्ने चिन्ता छ। सरकारले जस्तापाटाका लागि भन्दै १५०० दिने त भएको छ, तर घर भत्काउने पर्ने र तयस वापत २००००० रुपैयाँ मात्र आउने भएकाले अर्को घर कसरि बनाउने भन्ने चिन्ताले सताएको छ। ” एक स्थानीयबासीले सिए सरोकारलाई सुनाए।
राहत वितरण उस्तै कठिन : अन्य ठाउँमा जस्तै दाप्चामा पनि राहत वितरणको काम कठिन छ।  थोरै आएको राहत सामाग्री कसरि कसलाई वितरण गर्ने भन्ने समस्या उस्तै छ।  राहत लैंजादा बीच बाटोमा अन्य गाउँका स्थानीयले गर्ने रोक त आफ्नो ठाउँमा छंदै छ, गाउँमै पनि कसलाई कति राहत दिने भन्नेमा गाउँबासी नै एक जुट नहुँदा वितरणकर्तालाई निकै नै अफ्ठ्यारो पर्ने गरेको छ।  सिए विधार्थीको राहत वितरणमा भने स्थानीय प्रतिनिधि अर्जुन अधिअकरीले सघाएका थिए। संयोजक अधिकारीले काठमाडौँ देखि दाप्चा सम्म पाल तथा कम्मल लैजाने सम्पूर्ण खर्च व्यहोरेका थिए भने गाउँबासी कसलाई कति सहयोग चाहिन्छ भन्ने कुराको समेत संयोजन गरेका थिए।  सिए बिधार्थीबाट संकलित १० थान पाल र १० थान कम्मल आबश्यकता अनुसार गाउँबासीलाई प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्