Skip to content

आखिर किन ? सीए विद्यार्थी घनश्याम खरालको कथा

घरको जेठो छोरो थिएँ । त्यसैले पनि सानै उमेरदेखि हरेक
कुरामा जिम्मेवारी बहन गर्न सिकिसकेको थिएँ । बाबु–आमाको आशा–भरोसाको प्रतिक थिएँ
म । जुन सपना उहाँहरुले देख्नु भएको त्यसलाई साकार गर्ने दृढ संकल्प थियो मनमा ।
त्यो संकल्पमा विचलन ल्याउने हरेक तत्वदेखि दूर रहन चाहन्थे म । तर समय सधैँ
एकैनास त कहाँ रहन्छ र
? किशोरावस्थामा
प्रवेश गरेसँगै यौवनिक चाञ्चल्यताले कल्पनाको रमाईलो संसारमा मलाई पनि डोर्याउन थालिसकेको
थियो । माया गर्छु भनेर त कसले पो गर्छ र
? तर साला मान्छेको मन नै
यस्तो होला
, नचाहदा
नचाहदै पनि समयको कुनै मोडमा गएर कसै–कसैसँग माया त बस्दो नै रहेछ । माया गर्न
कुनै कारण चाहिदैन सायद ।
उज्जयालो
मुहार
, कालो
लामो केश
, गुलाबी
ओठहरु
, नबोलेरै
हजारौँ भाव व्यक्त गर्न सक्ने सामर्थ्य राख्ने मृगनयनी आँखाहरु
, त्यसै मुनी सजिएको कालो
गाजल र सुहाएको हल्का पातलो शरीर
, आहा ! साच्चै मनमोहक
थिइन् उनी । उनको सुन्दरताले लठ्ठ हुने धेरै थिए । म पनि भिड भन्दा फरक त कहाँ हुन
सक्थे र
? एसएलसी
आउनै लागेको थियो । अनुशासनमा राखेर विद्यार्थीलाई पढाईप्रति दत्तचित्त बनाउनका
लागि हामीलाई अनिवार्य होस्टलमा बस्नै पर्ने नियम बनाइएको थियो । हाम्रो
विद्यालयको होस्टल भन्दा अलिक पर अर्को विद्यालयको होस्टल थियो । त्यो होस्टलमा
मैले चिनेका केही साथीहरु थिए । पढाईको सिलसिलामा कहिलेकाँही त्यहा जाने गर्दथे ।
त्यसै क्रममा उनीलाई पहिलो चोटी देखेको थिएँ । साथीको साथी भए पनि हामी बिच सामान्य
कुराकानी समेत हुदैन थियो । समय क्रमसँगै एसएलसीको परिक्षा पनि सकियो । केही महिना पछि नतिजा पनि आयो । नतिजा सकारात्मक नै आयो
, नजिकैको एक कलेजमा
भर्ना पनि भएँ । उनको नतिजाको बारेमा उत्सुकता थियो । उनी पनि उत्तिर्ण भइछन् ।
उनको कलेज भने फरक पर्यो । एक दिन कलेजबाट फर्किए पछि आफ्नै कोठामा आराम गरिरहेको
थिएँ । त्यती नै बेला मोबाइलको घण्टी बज्यो । नयाँ नम्बरबाट फोन आएको थियो । उठाउन
खोजेको मात्र के थिएँ
, त्यो
कल मिसकलमा परिणत भयो । कलेज जीवनमा प्रवेश गरेसँगै भर्खरै मात्र त मोबाइल फोन र
सिम किनेको थिएँ । घर–परिवार र केही सिमित साथीभाईलाई मात्र आफ्नो नम्बर दिएको
थिएँ । अञ्जान नम्बरबाट त्यसरी मिसकल आउदा केही अचम्म पनि लाग्यो । कलब्याक गरेँ
, फोन उठेन । त्यसपछि मेरो कौतुहलता झन् बढेर गयो । कैयौँ दिन त्यसै नम्बरको खोजीमा बेकार भएर गएँ तर
अहँ त्यो नम्बरको पहिचान हुन सकेन । तर अचानक एउटा नजिकको साथीले नम्बर पत्ता
लागेको कुरा मलाई सुनायो । त्यो आखिर उनैको रहेछ ।


मोरीले
तलाईँ मन पराउछे रे है ।”–उसले मलाई सुनाउदै थियो । म खासै राम्रो पनि थिइन
, न त पढाइमा अगाडि नै
थिएँ । उनले मलाई मन पराउनु पर्ने कुनै कारण देखिन ।

मजाक
गर्नुको पनि हद हुन्छ नि ”– मैले उसलाई झपार्दै भनेँ ।


हेर
केटा यो माया भन्ने चिज नै यस्तै हो । कति बेला कोसँग कहाँ हुन्छ पत्तो नै हुदैँन
।”– ऊ मलाई भनिरहेको थियो । तर उसको कुराप्रति पूर्ण आश्वासित भने भइन । केही
उत्सुकताका बिच बेलुकी तिर उसको नम्बर डायल गरेँ
, घण्टी गयो, मुटुको धड्कन तेज भयो । 

उसले
फोन नउठाएर अरु नै कसैले फोन उठाएमा मैले के जवाफ दिने
?”–
मनले
प्रश्न गरिरहेको थियो । बिचमै फोन काटिदिएँ । कलब्याक आउने डरले मोबाइल फोन नै अफ
गरिदिएँ । मनको डर अझै पनि कम भएको थिएन । उनका घरपरिवारले थाहा पाएर घरमै गाली
गर्न पो आउने हुन् कि
? भोलिपल्ट
डराइ–डराइ मोबाइल अन गरेँ । अचानक त्यही नम्बरबाट मिसकल आयो । मैले पनि आँटै गरेर
मिसकल फर्काएँ । त्यस पछी हरेक दिन हामी मिसकल साटासाट गथ्यौँ ।


हाइ”–
मिसकलको क्रमलाई भङ्ग गर्दै मैले एक दिन म्यासेज पठाएँ ।

हेल्लो”–उनले
पनि रिप्लाइ गरिन् । उनको रिप्लाइसँगै हामी हाम्रो सम्बन्ध एक खुड्किलो माथी चढेको
महसुस भयो । यसै क्रममा हामीले अनगिन्ती म्यासेजहरु आदानप्रदान गर्यौँ । फोनमा
कुरा गरेर उनको बोली सुन्ने रहर मभित्र गढेर बसेको थियो तर मैले फोन गरेर बोल्ने
आँट भने गर्न सकेको थिइन ।


तिम्रो
बोली सुन्न मन लागेको छ फोन गरुँ
?”–डर मिश्रित भावमा मैले
एक दिन उनलाई म्यासेज पठाएँ ।

हुन्छ
।”- उनको म्यासेज मेरो मोबाइलमा देखा पर्यो । उनलाई कल गरेँ ।

हेलो”–
उनको मधुर बोली मेरो कानमा गुञ्जीयो ।


त्यसको
प्रत्युत्तर कसरी दिने भनेर मैले कुनै भेउ नै पाउन सकिन । सोचेँ हामी एकै ठाउँमा
भएको
,
उनको काखमा पल्टिएको
, उनले
मेरो केश मुसारेको र हामीले गरेका प्रेमिल वार्तालापहरु । तर त्यो त केवल कल्पना
थियो । वास्तविकतामा त म हेल्लो प्रत्युत्तर दिन समेत असमर्थ बनिरहेको थिएँ । फोन
राखिदिएँ । तर त्यो अति छोटो फोनको वार्तालाप हाम्रो सम्बन्धको यात्रामा सबैभन्दा
प्रमुख कोशेढुङ्गा बन्यो । त्यस दिन पछि भने हरेक दिन हामी बिच बेहिच्किचाहट फोनमा
लामा–लामा कुराकानी हुन थाले । मलाई थाहा थियो उनी मलाई माया गर्छिन्
, म पनि उनीलाई माया
गर्थे तर प्रत्यक्ष रुपमा एक–आपसलाई यो कुरा व्यक्त गरेका थिएनौँ । मलाई थाहा थियो
, केटीहरु अलि लज्जालु
स्वभावका हुन्छन्
, मनको
कुरा हत्पती खोल्दैनन् । लाग्यो प्रेम प्रस्ताव गर्ने काम भनेको पुरुषहरु कै हो ।
धेरै आँट बटुलेर एक दिन उनलाई प्रेम प्रस्ताव राख्ने जमर्को गरेँ । उनलाई फोन गरेँ
। तुरुन्तै उनको फोन पनि उठ्यो ।


के
?”–मैले सोधेँ ।
सञ्चै
छ ।”– उनीले उत्तर दिइन् ।

मलाई
एउटा कुरा भन्नु थियो ।”– मैले भुमिका बाँधेर भनेँ ।

के
हो र त्यस्तो भन न ।”– उनले आश्चर्य मान्दै भनिन् ।


तिमीलाई माया गर्छु ।”– अन्तरमनले त यहि भन्न खोजीरहेको थियो ।
 
तर
मेरो मुखबाट ति शब्दहरु निस्कि नै रहेका थिएनन्
, मानौँ कि मलाई कसैले
पछाडीबाट समातेर मुख थुनिरहेको छ ।

के
भयो
? के
भन्नु थियो
? भन
न ।” – उनले मौनतालाई तोड्दै भनिन् ।

केही
होइन ।”–मैले झुट बोल्दै भनेँ ।

भन
न के ।”– उनले जिद्दी गर्दै भनिन् ।


म्यासेजमा पठाउछु ल ।”– केही हच्किदै मैले भनेँर फोन राखिदिएँ ।

आइ
लभ यु प्रेरणा
,
तिमीलाई जुनी जुनीका लागि आफ्नो बनाउन चाहन्छु ।”– कामीरहेको हातले सकी–नसकी म्यासेज
टाइप गरेँ ।

मुटुको
धड्कन पनि एकदम तेज भइरहेको थियो । भय नै भयका बिच ओके बटन थिचिदिएँ । एकै छिनमा
उताबाट फोन आयो ।

के
लेखेको त्यो
?”–उनले सोधिन् ।
सरि, नरीसाउ ल ।”– अपराधबोध
महसुस गर्दै मैले भनेँ ।

धत्तेरीका, माया गर्ने मान्छेले
पनि यस्तो भन्ने हो
?”–उनले हाँस्दै भनिन् ।
त्यसो
भए तिमी पनि मलाई माया गर्छ्यौ
?”–आशावादी हुदै मैले भनेँ

खोइ, मैले त यसबारे सोचेकी
पनि छैन । पछि भन्छु ल ।”– उनले मलाई असमञ्जसमा पार्दै फोन राखिन् ।

के
उनले म पनि तिमीलाई माया गर्छु भनेर जवाफदेलिन्
?”–मलाई भने दिन–रात त्यही
प्रश्नले सताउन थाल्यो । तत्पश्चात हामी बिच कैयौँ फोन वार्तालाप भए तर उनले
यसबारे कहिले पनि सटिकजवाफ दिइनन् । हप्तौँ चलिरहेको त्यो धैर्यताको परिक्षाले ममा
केवल बेचैनी मात्र बढाउने काम गरिरहेको थियो । यसै क्रममा मेरो जन्मदिन पनि आयो । रातको
ठिक बाह्र बजे उनले शुभकामना दिनका लागि फोन गरिन् र शुभकामना सन्देश दिइन् पनि ।
मैले पुनः प्रेम–प्रस्तावको जवाफको बारेमा उनलाई सम्झाएँ ।

पछी
भनौँला ।”–उनले पुरानै कुरा दाहोर्याइन् ।


हुन
त प्रतिक्षाको फल मिठो हुन्छ भन्ने उखान प्रसिद्ध छ तर मेरो हकमा त फल पाकेर
, कुहिएर पनि झर्ने बेला
भइसकेको थियो । रिसको झोँकमा फोन काटिदिएँ । पुनः उनको फोन आयो
, उठाइन । बुद्दु
म पनि तिमीलाई माया गर्छु के
, कस्तो कुरा नबुझेको
।”–मेरो हठसँग हारेर अन्ततः उनले म्यासेज गरिन् ।
 

यो
देखेर मेरो खुशीको सिमाना नै रहेन । यकिन नै गर्न सकिन कि म विपनामा थिएँ भनेर ।
हाम्रो सम्बन्धमा नौलो अध्याय सुरु भइसकेको थियो । साथी–साथीबाट हामी
प्रेमी–प्रेमीका बनिसकेका थियौँ । हामी घण्टौ फोनमा कुरा गर्न थाल्यौँ । घर पनि
केही टाढा र कलेज पनि एउटै नभएकाले हाम्रो भेट हुन सकिरहेको थिएन । हाम्रो भावना जोडिने
माध्यम केवल मोबाइल मात्र रहेको थियो । म चाहन्थे
, जीन्दगी उनीसँगै बोलेर
बितोस्
, उनीलाई
नै माया गरेर बितोस् । कहिलेकाँही विशेष कारणवश मैले उनको फोन उठाउन नसकेमा पछी
मलाई रिसाएर गाली गर्ने गर्थिन् । तर उनको गालीमा समेत प्रेम झल्कन्थ्यो ।
कहिलेकाँही भावनाको सागरमा डुबेर भविष्यको बारेमा मिठा–मिठा कल्पना गर्दथ्यौँ ।
बाबु–आमा प्रतिको हाम्रो कर्तव्य
, हाम्रो पढाई अनि सामना
गर्नु पर्ने सम्भावित चुनौतिहरुबारेमा समेत गफ हुन्थे ।



राम्ररी पढ्छु
, तिमी
पनि राम्ररी पढ ल ।”–उनले भन्थिन ।

भइहाल्छ
नी
, त्यस
पछि हामी हाम्रो जीवनलाई सु–व्यवस्थीत बनाऔँला । त्यस पछि म तिम्रो बाबासँग तिम्रो
हात माग्न आउँला ।”– म थप्थेँ ।

जस्तो
सुकै समस्या आइपरे पनि एक अर्कालाई सदैव साथ दिनु पर्छ । मबाट तिमी कहिल्यै पनि
टाढा नहुनु ल ।”–उनी घुर्क्याउदै भन्थिन ।

छोराछोरी
पनि डाँडाकाँडा ढाक्ने गरी जन्माउनु पर्छ है ।”– गम्भिर वातावरणलाई रमाइलो बनाउनका
लागि म भन्ने गर्दथे ।

पागल
!”– उनी रिसाए जस्तो गरी भन्थीन् ।

केटी
मान्छेको के नै पो भर हुन्छ र
? तिमी अर्कैसँग बिहे
गरेर गयौ भने
?”– म उसको मन चोर्नका लागि भन्ने गर्दथे ।
यस्तो
कुरा गर्न कसले सिकायो हँ
?
त तिमी बिनाको मेरो जिवन कल्पनासम्म गर्न सक्दिन ।”–उनी मलाई आश्वस्त गराउन
खोज्थीन् ।
 
दिनहरु
रमाइलै बितिरहेका थिए । लाग्थ्यो हाम्रो जोडी भगवानले बनाएको अनुपम जोडी हो । तर
केही समय पछी उनको फोन–म्यासेज आउने क्रम ठप्प भयो । मेले गरेका कलहरु रिसिभ
हुदैनथे । म्यासेजका प्रत्युत्तर आउदैनथे । मनमा चिसो पस्न थाल्यो । सोचेँ
, मैले के गल्ती गरेँ
होला र उनी मबाट यसरी टाढा भइन् । तै पनि मनमा झिनो आशा लिएर हरेक दिन उनलाई फोन
कल गर्न छोडेको थिइन । तर अँह
, उताबाट “हेल्लो” भन्ने
उसको मधुर आवाज कहिल्यै सुनिएन । म्यासेज गर्थे
, केही गल्ती भए माफ गर
तर यसरी मलाई नतड्पाउ भनेर लेख्थे तर त्यसको जवाफ पनि मलाई कहिल्यै मिलेन । एक पटक
त मनमा चिठी पठाउने सोच पनि नआएको होइन तर त्यो उपाय पनि निरर्थक लाग्यो । कैयौँ
दिनको तड्पाइ पछी एक दिन उनको फोन आयो ।


तिमी
सीतालाई चिन्छ्यौ
? –उनले सुरुमै प्रश्न राखिन् ।
साथी
हो
, चिन्छु
तर आजसम्म बोलेको छैन । तिमी यत्रो दिन कहाँ गायब भयौ प्रेरणा
?”–मैले रोष प्रकट गरेँ ।
थियो
एउटा काम
, भोलि
कुरा गरौँला है ।”– उनले तत्काल फोन राखिदिइन् ।

तर
उनको त्यो भोलि कहिल्यै पनि आएन । उनको पुरानै प्रवृत्ति दोहोरीयो । असोज ५ गते
उनको जन्म दिन थियो । शुभकामना सन्देश पठाएँ ।

धन्यवाद”–
अनपेक्षित रुपमा उनको प्रत्युत्तर आयो ।

एक
चोटी भेटेर कुरा गरौँ न है ।”–तुरुन्तै अर्को सन्देश पठाएँ ।


उनलाई जन्मदिनको उपहार दिन चाहन्थे । हुन त तन र मन नै उसलाई सुम्पीसकेको मेलै
पवित्र प्रेम रुपी उपहार त दिइ नै सकेको थिएँ । म्यासेज आयो
, उत्साहित हुदै म्यासेज
खोलेर हेरेँ ।


तिमीलाई घृणा गर्छु
, मेरो
नजिक आउने कोसिस कहिल्यै पनि नगर्नु ।”–कति सजिलै लेखेकी थिइ उसले ।

लाग्यो
मेरो गालामा कसैले बेस्मारी चड्काइरहेको छ
, लाग्यो संसारमा अध्यारो
सिवाय केही छैन । 

दिमागमा जब ४२० भोल्टको बिजुली चम्कन्छ, जब कोमल मनमा बेचैनीका
बादलहरु मडारिइ रहन्छन् तब नयनबाट आँशुको मुशलेधार वर्षात हुन्छ । एक अर्ध–पागल
झैँ विस्तरामा बेहोशीमै पल्टिरहेँ । लाग्थ्यो
, मान्छे प्रेममा पागल
किन हुन्छन्
, लाग्थ्यो
खुट्टा हुनेलाई हजारौँ जुत्ता छन् तर चाहेको कुरा नपाउनुको पीडा भोगे पछी मात्र
थाहा हुँदो रहेछ । सायद त्यसै दिन बुझेको थिएँ
, दुई अक्षररुपी प्रेमको
साँचो अर्थ । अनेकौँ तर्कनाहरुका बिच बडो कष्टका साथ निन्द्रा देवीले केही बेरका
लागी मलाई आफूमा लिन गराइन् ।झिसमिसे मै बिउझिएँ
, हिजोको कुरा पुनः
स्मरणमा आयो । मुटुमा फेरी सुइ रोपे जस्तो भयो । मेरो जीवन त उनैको पर्खाइमा
बाँचीरहेको थियो तर मेरी उनी त मबाट टाढा भैसकेकी थिइन् । शरीरमा कुनै जाँगर थिएन
, कुनै जोश अनि कुनै
उत्साह थिएन । कलेज पनि करले जान थालेँ । पढाइमा कुनै लगाव नै थिएन । मनमा उसैको
तस्विरले डेरा जमाएर बसेको थियो । साथी–भाइ र घर–परिवारले सम्झाउन थाले पछि बाहिर
ठिक भए जस्तो गरेर हिँड्न थालेँ । तर प्रेमले दिएको घाउ त्यतीसजीलै कहाँ पो निको
हुन्थ्यो र
? 

आज
पनि लाग्छ उनी फर्केर आउने छिन् । लाग्दछ
, उनी पनि म बिना बाँच्न
सक्दिनन् । मेरो मुटुमा
, मेरो
मनमा अनि मेरो मष्तिस्कमा आज पनि उनैको वास छ । अझै पनि उनलाई संसार कै सबै भन्दा
धेरै माया गर्छु । उनले पनि त माया नगर्ने त होइन तर किन मबाट टाढा भइन्
? यहीँ प्रश्नले मलाई
हरपल सताउँछ
, आखिर किन……????????????????

प्रतिक्रिया दिनुहोस्