ऋषिराम अधिकारी
दिल्ली ब्युरो, सिए सरोकार ।
सिए विद्यार्थीहरुको संस्था ‘हामी,हाम्रो लागि’ ले भारतको नयाँ दिल्लीमा नेपाली कथानाक चलचित्र ‘कबड्डी कबड्डी’को विशेष प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरेको छ। आई.टी.ओ. को हिन्दी भवनमा १३ डिसेम्बर आइतबारको दिन, २ ओटा सोमा चलचित्र प्रदर्शन गरिएको थियो । ५ र ७:३० को दुबै सो हाउसफुल भएको थियो ।

चलचित्र हेरेपछी प्रतिकृया दिदै, दर्शक विद्यार्थीहरुले हामी,हाम्रो लागिले गरेको व्यवस्थापनको प्रशंसा गरेका थिए । पढाई र कार्यालय प्रेसरले निरास हुनु परेको यथार्तताबीच चलचित्र जस्तो मनोरन्जनात्मक सामाग्री , त्यो पनि कबड्डी-कबड्डी हेर्न पाएकोमा निकै आनन्दको महसुस गरेको प्रतिकृया पनि विद्यार्थीहरुले दिएका छन ।

‘हामी,हाम्रो लागिका’ प्रतिनिधिले आफुहरुलाई चारैतिरबाट मिलेको अमुल्य प्रतिकृयाबाट धेरैनै हौसला प्राप्त भएको जनाएका छन । कबड्डी-कबड्डी चलचित्रको माग ब्यापक भएको तर हिन्दी भवनको क्षमता माग अनुसार नभएकोले धेरै सिए विद्यार्थीहरुले चलचित्र हेर्न नपाएको सिएसरोकारसँग गुनासो गरेका थिए । चलचित्र हेर्नबाट बन्चित सिए विद्यार्थीहरुको गुनासोलाई ध्यानमा राखेर आउने आईतवार पनि फेरी अर्को सो मार्फत सबैलाई समेट्न सकिने जानकारी संस्थाले सिए सरोकारलाई गराएको छ।

भारतमा नेपाली सामाग्री फैलाउने उदेश्यका साथ स्थापना गरिएको ‘हामी,हाम्रो लागि’का अर्का संस्थापक सदस्यले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने हेल्पिङ ह्यान्ड्स, हातेमालो, जुनकिरी, सिए एनएसयु , वि फाइनेन्स लगायतका सबै संस्थाका प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्