आईसीएआईसंगको सहकार्यमा गत फेब्रुअरीमा भएको आईएसएको कक्षा अन्तर्गतको परिक्षा अन्तत स्थगित भएको छ। नेपालमा आएको विनासकारी भूकम्पका कारण परिक्षा स्थगित गरिएको हो। आईक्यानले आफ्नो आधिकारिक वेब साइटमा एक सुचना जारी गर्दै परिक्षा स्थगित भएको जनाएको छ। परिक्षामा एक्यानका महासचिव रमेश धिताल, लगायत करिव ३० सिएहरु सहभागी हुनेवाला थिए। अवको परिक्षा नोभेम्बर महिनामा मात्र हुनेछ।
परिक्षा सारेर पिडा दि ई यो : सिए रमेश धिताल : परिक्षा सरे संगै विभिन्न सिए हरुले विभिन्न खाले प्रतिक्रिया दिनुभएको छ। आईएसएको परिक्षा सारेर आफुलाई थप पिडा दिईएको सिए रमेश धितालको भनाइ छ। सिए सरोकार संग कुराकानी गर्दै सिए धितालले परिक्षा सार्नुको सट्टा स्थगित नै गरी आफ्नो महत्वपूर्ण ६ महिना खेर गएको दुखेसो ब्यक्त गर्नुभयो । उक्त परिक्षा अव नोभेम्बरमा मात्र हुनेछ।
तश्विर : सिए रमेश धितालको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस्