
नेपाली सिए क्षेत्रका लागि २०७२ साल खासै उपलब्धिमुलक भएन । यद्यपी केहि सकारात्मक परिवर्तनहरु पनि भए ।
१. न्युनतमलेखा परिक्षण शुल्क लागु भयो । आइक्यानले ‘स्ट्याण्ड’ लिन सकेको खण्डमा न्युनतमलेखापरिक्षण शुल्क कार्वनयन हुने बुझाइ धेरैको छ ।
२. आइक्यानको परिक्षाकेन्द्र परिवर्तन भयो । अहिलेको परिक्षाकेन्द्र निकै नै राम्रो रहेको विद्यार्थीहरुको प्रतिकृया छ ।
३. पाठ्यक्रममा भएका परिमार्जनहरुलाई विद्यार्थीहरुले स्वागतयोग्य भनेका छन् ।
४. ढिलो परिक्षा सम्पन्न भएपनि नतिजा चांडो निकाल्न सकिने रहेछ भन्ने उदाहरण पनि ‘दर्ज’ भयो ।
५. प्रणव प्रतिक तुल्स्यानले नेपालमै पढेर पनि आइपीसीसी टप गर्न सकिन्छ भन्ने उदाहरण पेश गरे ।
६.आइक्यान र सीपीए अष्ट्रेलियाबीच सम्पन्न भएको सम्झौतालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । यासलिया बर्ष २०७२ मा भएको सबैभन्दा राम्रो परिवर्तनको रुपमा लिइएको छ ।
५.भूकम्पमा परेका आफ्ना विद्यार्थीहरुलाई सहयोग गर्ने बाचा आईक्यानले गर्यो । यद्यपी यसबारे केहि नयाँ बिकास भएको छ भन्ने आइक्यानले सार्वजनिक गरेको छैन ।
६.एक्यानमा उल्लेखनीय रुपमा नयाँ सदश्य थपिए । चुनावकै बहानामा भएपनि एक्यानमा सिएहरुको सहभागिता बढ्यो ।
७. नेपाली सिए क्षेत्रलाई पनि नेपाली मिडियाले स्थान दिन थाल्यो ।
प्रतिक्रिया दिनुहोस्