
भनिन्छ, समय परिवर्तनशिल छ । सायद, त्यही परिवर्तनशिलाताको उपजले
नै होला ,
२३७ वर्ष पुरानो
राजतन्त्र ढले । जनताको छोराछोरीहरु राष्ट्रको सर्वोच्च पद राष्ट्रपति बन्न
सफल भए । परम्परागत राजतन्त्रात्मक मूलुक
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक
बन्यो । तर विडम्बना हत्या, हिंशा, बलात्कार, बन्द
र हड्तालको निशानाबाट नेपाली
जनताले छुटकारा पाउन
सकेनन् ।
बिगतका
२ दशक हाम्रा लागि अत्यन्तै कठोर भए । नेपाली
जनता राजनैतिक सङ्क्रमणकालको भुमरीबाट रुमलिए । १० औं हजार नेपाल आमाका
मुर्धन्य सपुतहरुले राष्ट्रको नाममा बलिदानी दिए । कयौं हाम्रा आमा,
दीदीबहिनिहरुका सिउँदोहरु खाली भए । कयौं हाम्रा भाई बहिनीहरू
टुहुरा भए । फलस्वरुप, देशले लोकतान्त्रिक गणतन्त्रको उपमा
त पायो तर दु:खद कुरो रगतको क्रान्ति रुक्न सकेन । राजनीतिले निकाष पाउन सकेन । कयौं पटक सरकार परिवर्तन भए । आर्थिक विकास मुख्य
एजेन्डाहरु अघि सर्न पाएनन । राजनैतिक दलहरु सत्ता
लिप्सामा केन्द्रित देखिए, मुल्यबृदी चर्मोत्कर्समा पुग्यो । युवाशक्ति बेरोजगारीको
चपेटामा परे । फलस्वरुप, विदेशतिर पलायन हुनेको संख्या उच्च रुपले बढ्यो ।
थियो कम्युनिष्ट सत्ता आएपछी देशले निकाश पाउनेछ । पहिलो संबिधानसभा मार्फत तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी देशको सर्बोच्च पार्टी भयो । ततपश्चात ने.क.पा.माओवादीका
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) देशको प्रधानमन्त्री बने, कम्युनिष्ट पार्टीको
तर्फबाट । हुनत, उनी कम्युनिष्ट पार्टीका तर्फबाट
प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति होइनन । यसअघि, मनमोहन अधिकारी प्रधानमन्त्री
बनिसकेका थिए, कम्युनिष्ट पार्टीको तर्फबाट । परम्परागत शैलीमा उनको
कार्यकाल पनि दिगो हुन सकेन ।
बदलको क्रममा २०६२ -६३ पश्चात हालसम्म आठ (८) पटक कुर्सिहरु परिवर्तन भईसके । जसमध्ये पांच कार्यकाल कम्युनिष्ट
प्रधानमन्त्रीको नेतृत्वमा बने । तर आशानुरूप देशले गति लिन
सकेन । सबै भौतिक विलाशिता र सम्पन्नताको खोजीमा केन्द्रित देखिए । हुन त मान्छेको मन न हो,
लेख्दै गर्दा कवि शिरोमणि लेखनाथ पौडेलको कविताको एक श्लोक याद आयो ‘मै खाऊ , मै
लाउँ , सुख सयल मोज म गरूँ, मै हाँसु, मै बाँचू अरु सब मरुन दुर्बलहरू ।’ भौतिक सुख सुबिधा, चिल्लो
गाडी, विदेश यात्रा र सत्ता टिकाउमा केन्द्रित देखिए। मार्क्सवाद, माओवाद र
लेनिनवादका चर्का कुरा गर्नेहरु कुर्सिवाद, नातावाद र पैसावादमा लिप्त देखिए । हुन त,त्यस्ता कम्युनिष्ट
बिरलै पाइन्छन जो कार्ल मार्क्स, माओ र भाल्द्मिर लेनिनका
सिद्धान्तहरु पालना गर्छन । लेनिनले, ‘सुनलाई ट्वाइलेट प्रयोग गर्नपर्छ’ भनेका थिए, उता कार्ल मार्क्सका अनुसार ‘निजि सम्पति नै
नभएको व्यक्ति सर्बहारा हो ।’ उता कम्युनिष्टनेता चे
गोभ्वाराले भनेका थिए ‘क्रान्तिकारी नेताले साधुको जीवन बिताउनुपर्छ, आडम्बररहित
बाँच।’ त्यस्ता
कम्युनिष्ट नेताको सच्चा समर्थक र पालक वन्न आज निकै कठिन देखिन्छ ।
अत्यन्तै कठिन परिस्थितिमा गुज्रिरहेकोछ । त्यही समयमा हामीमाथि
प्राकृतिक बिपत्ति आइलाग्यो ।पुन: ८/९ हजार हाम्रा
दाजुभाइ, दिदिबहिनीहरु अकालमै हामीबाट टाढा हुनुपर्यो । कयौं घरबार बिहिन भएर
छाप्रोमा जीवन व्यतित गरिरहेछन । कहिले असार साउनको पानीमा
ति पानी नछेक्ने छाप्रोमा जीवन काटीरहेछन त कैले ठण्डी मौशममा जाडोले कठ्याँग्रियर
बाँचिरहेछन । समाचार सुन्छु, गरिबी र जाडोको कारण दिनदिनै
कयौं हाम्रा देशका नागरिकहरु मरिरहेछन। जनप्रतिनिधिहरुले
दोस्रो संबिधानसभा मार्फत संबिधान जारि गरे । तर अफसोच त्यही संबिधान आज
बन्द, हड्ताको बिजक बनि जनजीवन अस्तब्यस्त बनाइरहेछ । म लगायत मेरा घर, परिवार
र साथीहरु सबै संबिधान जारी भएका कुराले खुसी
थियौं तर एक मन दुखि थियो, कारण सरकार प्रहरी दमनमार्फत संबिधान जारी गरिरहेछ । आज त्यसकै कारण महिनौ देखि तराई बन्दहडतालले ग्रशित छ । शैक्षिक संस्था, सरकारी
कार्यालय अत्यन्तै प्रभावित छन। उद्योग कल-कारखानाहरु कयौं बन्द भईसके, कयौं
बन्द हुने स्थितिमा छन । बेरोजगारी मौलाइ रहेछ । बैंक तथा वित्तीय संस्थाहरु
धराशाही बनिरहेछन । श्रमजीवी जनताहरुको भोकभोकै मर्ने स्थिति
आइरहेछ । भूकम्पपीडित जाडोले कठ्याँग्रियर बाँचिरहेछन । अघोषित नाकाबन्दीले आयात निर्यात पूर्णरुपले सुचारु हुन सकिरहेको छैन । काँग्रेस नेतृत्वको सरकार
पनि राजनैतिक निकासमा बिफल देखियो । भ्रस्टाचार, नातावाद, गुन्डागर्दीलाई बढावा दिईयो । भूकम्प पीडितका राहत वितरण
प्रक्रियामा समेत काँग्रेस आलोचनाबाट मुक्त हुन सकेन ।तसर्थ काँग्रेस नेतृत्वको
सरकार पनि बिफल सरकार कै रुपमा रह्यो भन्दा हुन्छ। अहिले ने.क.पा. एमाले सरकारको
नेतृत्व गरिरहेछ तर समस्या ज्युँ का त्यूँ छ । प्रधानमन्त्री ओली सत्ता
टिकाउको खेलमा लागिरहेछन । तर,
खुशीको कुरो हिजोसम्म राजतन्त्र र हिन्दु राज्यको नारा बोक्दै हिड्ने
राप्रपा(नेपाल) आज सत्तामा आई लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षता अंगिकार
गरिरहेछ ।
वीरहरुका रगतको बलिदानीबाट आएको लोकतान्त्रिक गणतन्त्र आज धराशाही बनिरहेछ । जनयुद्दको नारा बोकेर १०औं
हजार नागरिकको बलिदानीबाट निर्मित र मजबुत पार्टी
ने.क.पा. माओवादी आज सत्ता लिप्सामा तल्लिन छ । अग्रज, बुद्दिजीवी र
जनयुद्दका अग्रणी नेता डाक्टर बाबुराम भट्टराई नयाँ शक्तिको ढोल पिटी नेपाल
यात्रामा तल्लिन छन् त उता शहिद तथा घाइते आत्माका परिवारहरू निराश छन् र मेरो यो
मनमा अनेक कुराहरु खेलिरहेछन र बोलिरहेछ, क़े यो लोकतान्त्रिक गणतन्त्र मजबुत होला
तथा देशमा दिगो शान्ति आउला र ?
सहमति र सम्झौता आजको दिनमा अपरिहार्य छ । तराईमुखी दल र जनताका जाहेज
मागलाई संबोधन गरि तराईमुखी दलहरू पनि मेरो गोरुको बार्है टक्का नगरिकन सम्झौताको
भावनाले सहमतिमा आउनु जरुरि छ । जसरि आज तराईका केहि नेताहरु
हामीलाई हेपियो, पिछडियो, विकाशका कुराहरुमा पछी परियो भन्छन्, त्यो म कदापी
देख्दिन । यातायात, बिधुत, कलकारखाना, विकासका पूर्वाधार
एबम प्राकृतिक भू-धरातलले तराई केहि हदसम्म सम्पन्न छ । हुम्ला, जुम्ला, कालिकोट,
रसुवालाई हेर्नुस, आजसम्म मानिसहरु कति कष्टपूर्ण रुपले जीवन बिताईरहेछन । सत्ता, पद र कुर्सीमा त त्यस
क्षेत्रका मानिसहरु बारम्बार पुगिरहे ।यद्यपी, कसैले कसैलाई हेपेको
म देख्दिन । त्यसैले
सरकार र तराई मुखी दलहरूले बार्ताको टेवलको माध्यमबाट अहिले भइरहेको बन्द, हड्ताल
र आन्दोलनको अन्त्य गर्नु जरुरि छ । त्यो नै आजको मुलभूत
आवश्यकता हो र ओली सरकारको दायित्व हो । अन्यथा, देश अझै संक्रमणकालमा गुज्रिने
प्रायस्चित छ र मेरो यो मन अझै शंकाको भुमरीमा रुमलिरहेछ र बारबार बोलिरहेछ क़े यो
देशको राजनीतिले निकास पाउला र ?
राज
पाठक
नेपाल
फाइनल
नयाँ दिल्ली
प्रतिक्रिया दिनुहोस्