
डा. गोबिन्द केसीले भर्खरै चिकित्सा क्षेत्रमाभएकाबिकृति हटाउन भनिआमरण अनसन नै बस्नु प¥यो । बिचरा अडिटरहरु भने अहिले सम्म अनसन बस्ने मान्छे नपाएर पिडितका पिडित नै छन् । डाक्टरी क्षेत्रमा त कमसेकम एउटा त्याग गर्ने रहेछ तर बिचरा अडिटको क्षेत्रमादर्तावाल लेखापरिक्षक र चार्टर्ड एकाउन्टेन्ट गरि करिब पाँच सातहजारको त डफ्फा नै छ तर पनि एउटा बिरोध गरि अडिटरको बास्तबिक हकहितको लागि बिरालोको घाँटीमा घन्टि झुन्डाउने आँट भएको कोहि रहेनछ ।तपाईले त मन मनै सोच्नुभयो होला, त पनि एउटा अडिटर भन्छस, यत्रो चिन्तालागे आफैले घण्टी झुन्डाए भैगो नि त । म नितपाईभन्दाकम बाठो चाहि छैन है, यहि हावापानीमा बसेर अडिट सिकेर गर्ने मान्छे पो हुँ त, म निकिन सहिद हुन अघि सर्नु तपाईचाहि नसर्ने रे ।
यो देशमा अर्काको लागिबाँचिदिने जात भनेको अडिटर नै हो । बिचरा जागिर छोडेर अडिटर भएको छ, आम्दानी पनि कम्पिटिसनले निकै थोरै छ, कामचाहि एकाउन्टेन्टले बर्ष भरिमा नि नसक्ने कामको लेखा राखेर अझ अडिट निगर्नु रे । यो भन्दा ठुलो समाजसेवा संसारमा अरु केहि छ ? त्यतिमात्रहो र, कर र कानुनकोनि निःशुल्क सेवादिनुपर्यो रे, त्यो निक्लाईन्टले भनेकै समयमा । लु न त समाजसेवा नै होस भनेर गरिदियो, क्वालिटिनि भएन रे, मुटु काम्ने पुषको कुनै रात राम्ररी ननिदाई काम सकेर जरिवानाबाट बचाईदिनु छ, त्यहामाथि क्वालिटि चाहियो रे ? क्वालिटिको काम पाउन त क्लालिटिको क्लाईन्ट र क्लालिटिकै पैसा चाहियो नि ! सबै दोषजति बिचरा अडिटरलाई मात्र?
मैले माथि नै भने यो संसारमा अरुको लागि बाँचिदिने जात भनेको अडिटरको मात्र हो । अडिट गर्न गयो, बिशेषगरि काठमाण्डौ बाहिरका क्लाईन्टको हकमा, उनीहरुलाई त दशै आए बराबर हुदो रहेछ । हेड अफिसले, अडिटरलाई चाहिने जति खर्च गर्नु भनेको हुदो रहेछ, त्यसपछि त के चाहियो “सुत्केरीको नामगरि टाउको मैले खाए” जस्तै भईहाल्छ नि । मोज मस्ति गर्न मन नगर्ने अडिटर पर्यो भने त, उनीहरु पुरै चिन्तित, बल्ल बल्ल मस्ति गर्ने चान्स पनि कस्तो झुर अडिटर आएर बर्बादै पार्यो भन्न पछि पर्दैनन ।
त्यसैले उनीहरुका लागि भनेर पनि दारुमा झुम्दिनुपर्ने हुन्छ । एक पेग आफुले लियो उनीहरुले एक बोतल उहिले रित्ताएर हाकीमका कुरा काट्न लागि सकेका हुन्छन । एक क्लाईन्टले भन्थे, ‘दारु खान नजान्ने अडिटर त ओर्जिनल अडिटर नै हैन।’ लु परेन त फसाद । यसरी अरुका लागि दारु र मासु खाँदा खाँदा अधिकांस अडिटरहरु जवानीमै कोलेस्ट्रोल, सुगर, ब्ल्ड प्रेशर, युरिक एसिडले ग्रस्त भइसकेका हुन्छन । यसको जिम्मा कस्ले लिने ? मान्छे अकालमा मर्दानि आईक्यान र सरकार कानमा तेल हालेर बसिरहेको छ, त्यो कानमा झिर रोप्ने गोबिन्द केसी जस्ता मान्छे नपाएर अडिटरहरु पिडित भएका हुन ।
आफ्नो स्वास्थ्यको आहुती दिएर अडिट सक्दापनि यो मिलाईदे उ मिलाईदे भनेर अर्को टेन्सन थप्छन । लु सोच्नुहोस त, यो मेडिकल खर्चको जिम्मा प्रत्येक क्लाईन्टले लिनुपर्छ कि पर्दैन ? अबबाट आईक्यानले अडिट फि तोक्दा, मेडिकल खर्चबापतको फिपनि सँगसँगै तोकोस ताकि भोलि पर्सी बिरामी हुँदा बिचरा अडिटरले त्यहि पैसाबाट उपचार गर्न सकोस् । यस्तो अर्काको लागि बाँचिदिने पेसालाई सरकारलेपनि उच्च मुल्याङ्कन गरेर अडिटरको स्वास्थ्यको निःशुल्क बिमा गरिदियोस् र अडिटरको दिर्घायुको ग्यारेन्टी सरकारले लियोस् ।
लेखकःएउटा नेपाली अडिटर
प्रतिक्रिया दिनुहोस्