![]() |
-अर्जुन पाठक |
आज आइक्यान भवनमा विमोचन भएको एनाकासाद्वारा प्रकाशित ‘सिनर्जी’ नामक पत्रिकामा अर्जुन पाठकको यो लेख छापिएन। सिए सरोकारसँग कुराकानी गर्दै पाठक भन्छन् ‘ सुरुमा फोन नै गरेर लेख मागियो तर पछी छापिएन । लेख ‘युनिकोड’ मा भएकाले नछापिएको भन्ने जवाफ आएको भन्दै पाठक भन्छन् ‘ युनिकोडबाट प्रीतिमा सजिलै परिवर्तन गर्न सकिन्छ। अथवा मलाइ नै भनेको भएपनि म परिवर्तन गरेर दिन्थ्यें। एनाकासाले सरासर मेरो सृजनाको अपमान गर्यो ।’
सिए अध्यन, थोरै सफल धेरै असफल
अगस्ट १० को दिन बिहान करिव ८ बजे एक जना सीए अध्यन गर्ने ‘सिनियर’ दाइको कल आयो , ‘आज भेट्नु पर्यो !’ मैले भेट्ने समय निधो गरें । उहाँ अहिलेपनि त्यही तहमा हुनुन्छ जुन लेबलमा मैले उहालाई आज भन्दा २ वर्ष पहिले भेट्दा हुनुन्थ्यो । भेट भयो ,तर सीए सुरु गरेको ५ बर्षपछि सीए नै छोड्ने कुरा सुन्दा धेरै दु:ख लाग्यो । उहाँले भन्दै हुनुन्थ्यो “संगै प्लस टु पढेको साथी डाक्टर भएर आयो ,मभन्दा जुनिएर थियो । तर म अहिलेसम्म असफल छु ,गलत बिषय रोज्न पुगेछु । साएद मैले अरु कुनै राम्रो गर्न सक्थ्यें होला “। मैले केहि भन्न सकिन।
उहाँ त बस् एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्थ्यो । मैलेजति सीए अध्यनमा सिनियर र साथीहरु देखेको छु । उनीहरुमध्ये एकदम कम मात्र पास भएका छन् । क्याप १ सुरु गर्दाका धेरै साथीहरु सीए छोडिसकेका छन्,धेरै छोड्ने तरखरमा छन् । कम मात्र पास भएका छन् ।प्लस टुमा मेहनती र मेघावी विद्यार्थी पनि सीएमा ‘फ्रस्टेड’ भएको देखिन्छ । सीए अध्यन गर्दै बिबिएस .गर्दै गरेका धेरै जसोको राम्रो भएको देखेको छैन । विगत केहि दिनदेखि मलाई यही कुराले धेरै सोच्ने बनाएको छ । आखिर किन मेहनत गर्ने र मेघावी विद्यार्थी सीए अध्यन गर्न दर्ता हुँदा पनि एकदमै कम मात्र नतिजा आएको ? के साच्चिकै सीए गार्हो नै हो ? कि हाम्रो ‘सिस्टम’ नै यस्तो हो ? सीए बन्ने हरुका आफ्नै कथा छन् ,जसबाट प्रेरणा लिन सकिन्छ । तर यही सीए अध्यनमा भएको तितो यथार्थ लुकाउन सकिदैन । प्रतिष्ठित र उच्च सम्मानित पेशा मानिएको सीए (चार्टर्ड एकाउन्टेन्सी ) धेरैको सपना हुन्छ । प्रतिष्ठा र राम्रो अवसर भएकै कारण पछिल्लो समय सीए अध्यन गर्ने विद्यार्थीको संख्या पनि बढिरहेको छ ।
नेपालमा प्लस टुपछी सीए अध्यन गर्न पाइन्छ । सीए अध्यन अरु उच्च शिक्षाका बिषयभन्दा बढी मेहनत गर्नुपर्ने हुन्छ । जसकारण सीए अध्यन गर्न बढीजसो मेघावी बिद्यार्थी नै आउने गरेका छन् । हरेक ६ महिनामा नेपालमा करिब ४५० जना (औसत) सीए अध्यन गर्न आइक्यानमा दर्ता हुन्छन् । र त्यो भन्दा झन्डै तेब्बर संख्यामा नेपाली विद्यार्थी प्लस टु सकेर भारतमा सीए अध्यन गर्न जान्छन् । हरेक देशको लागि सीए अध्यन त्यहाको आफ्नै ऐन अनुसार हुन्छ ।
हरेक वर्ष नेपाल र भारतबाट गरी १०० जना (औसत) सीए उतिर्ण हुने गरेका छन् । जति बिद्यार्थी सीए अध्यन गर्न दर्ता हुन्छन् त्यसको आधारमा हेर्ने हो भने निकै कम ‘आउटपुट’ हो । यसमा धेरैको आ -आफ्नो मत होला । मैले देखेको के हो भने सीए पढ्ने रहर बोकेर जब एउटा प्लस टु सकेको बिद्यार्थी सीए अध्यन गर्न भन्दै शिक्षण् सस्था खोज्न थाल्छ, तब उसको सफल हुनेभन्दा असफल हुने सम्भावना बढी हुन्छ । तपाइँ आफै पनि आकलन गर्न सक्नुहुन्छ कि हरेक ९०० जना मध्य जम्मा जम्मी ८० /९० जना सी ए बन्छन ।
सीएको बारेमा जति प्रचार हुनु पर्ने हो त्यो नभएको देख्छु । असफल हुने मध्य धेरै बिद्द्यार्थी सी एको प्रतिष्ठा र अवसरलाई मात्र देखेर पढ्ने रहर गरेका पनि छन् । अहिलेसम्म नेपालमा सीए पढाउने आधिकारिक संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) मात्र हो भन्ने पनि थोरैलाइ मात्र थाहा छ । बिज्ञापन छ त केबल कोचिंङ सेन्टर हरुको मात्र । भर्खर प्लस टु सकेको विद्यार्थी जाने कोचिंङ सेन्टरमा हो । जव एउटा बिद्यार्थी कुनै कोचिङ सेन्टरमा पुग्छ ,सीएको मिठो ‘ललिपप’ खुवाउछ्न् कतिपय कोचिंङ सेन्टरहरु ।
संयोगबस कुनै कोचिंङ सेन्टर पुगेको थिएँ,एउटा प्लस टु सकेको ठिटो आइपुग्यो । उसले भारतीय र नेपाली बोर्डको फरकको जबाफ “भारत ठुलो छ बाबु त्यहा तिमी हराउंछौ नेपानी बोर्ड पढ” भन्ने जवाफ पायो । के इन्डियन बोर्ड र नेपाली बोर्ड पढ्नुको फरक इंडिया ठुलो र नेपाल सानो हुनु हो ? यसबाट प्रष्ट हुन्छ कुनै बिद्यार्थी नेपाली बोर्ड पढ्यो भने क्याप वान र क्याप टुमा आफ्नै कोचिंङ सेन्टरमा पढ्छ ,त्यो उनीहरुको बिजनेस हो । मलाई यस कुरामा अच्चम्म लाग्यो कि मानौ उनीहरु नै सीए पास गर्दिन्छन् जसरि काउन्सिलिङ गर्छन् । धेरैजसो विद्यार्थीले “मलाई पछुतो छ यार इन्डियन बोर्ड नपढेकोमा “भन्नुको कारण पनि यही हो ।
सुरुमै धेरै विद्यार्थी नेपाली बोर्ड र इन्डियन बोर्डको फरक नबुझी हामफाल्छन् । सबै कोचिंग सेन्टर त्यस्ता नहोलान् तर केहिले आफ्नो व्यापार अनुसार विद्यार्थीलाई इन्डियन वा नेपालि बोर्ड पढ्न सुझाउछन् । राम्रो पढाई हुने कोचिंङ सेन्टर पनि छन् । तर धेरै विद्यार्थीले कोचिंङ सेन्टरको छनोटबाटै असफलताको सुरुवात गर्छन । यसमा नियमक सस्थाको कमजोरी देख्छु ,कि त कोचिंङ सेन्टर खोल्न नदिनु पर्यो कि आवस्यक नीति तर्जुमा गर्नु पर्यो । सीए अध्यनमा मैले देखेको मुख्य समस्या कोचिंङ सेन्टरहरुलाई नियमन गर्ने आवस्यक नीति नहुनु हो । यसमा तपाईहरुको बिचार फरक होला । केहिले सीए आफै पढ्ने हो भनेर तर्क पनि गर्ने गर्छन् । तर म त्यो तर्क सँग सहमत छैन । सीए आफैं पढ्ने हो भन्ने हो भने कोचिंङ सेन्टरको ब्यापार रोकियोस् ।
धेरै असफल हुनुमा अर्को कारण म बिद्यार्थी आफैको लापरबाही पनि देख्छु । धेरै जसोले प्लस टुभन्दा पनि कम समय दिएको भेटेको छु । समयको ब्यबस्थापन गर्न नसक्नु ,बढी स्वतन्त्र अनुभव गर्नु ,परिक्षाको बेला बढी ‘प्रेसर’ लिनु पनि सीएमा असफल हुने कारणहरु हुन् । धेरैले आइक्यानलाइ धारे दोष लगाउने गर्छन । तर म त्यो मान्दिन । मलाई जहाँसम्म लाग्छ आइक्यानमा नतिजा परिक्षा अनुसार नै हुन्छ । विद्यार्थीले पास हुने गरेको छ भने पास हुन्छ । फेल विद्यार्थीकै कमजोर लेखाइले हुने हो । निकै गार्हो देखिन्छ तर सीए सफल हुनेहरुबाट प्रेरणा लिनु जरुरि छ । अहिलेसम्म कति बिद्यार्थी सीए अध्यन गर्न दर्ता भए र कति उतिर्ण भए, यसको आकलन गरिनु पर्छ ।
हाम्रो सिस्टम वा पढ्ने वातावरण, के नमिलेको हो सरोकारवाला सबैले बुझ्नु जरुरि छ । प्लस टु सकेको बिद्यार्थीलाइ गलत काउन्सेलिङ र ललिपप खुवाउने काम गरिनु हुन्न । यसको लागि आइक्यानले आवस्यक नीति कार्यक्रम ल्याउनु जरुरि छ । सीए सुरु गर्नुभन्दा पहिले ,सीए के हो ? भन्ने सत्य जानकारी आइक्यानले देशभरि नै दिन जरुरि छ । सीए अध्यन बारे प्लस टु लेबलमै आइक्यानले प्रचार गर्नु पर्यो । सीएको ललिपप मात्र होइन ,यसभित्रको तितो यथार्थ पनि बाहिर आउनु पर्छ । सीए पास हुनेको मात्र चर्चा हुन्छ । तर ठुलो संख्यामा असफल हुनेको नि ? यसबारेमा नसोच्ने ? अध्यन सुरु गरेको केहि बर्षपछी छोड्ने धेरै छन् । प्लस टुमा मेघावी बिद्यार्थी सीए अध्यन गरेर बिबियसमा ५०/५५ प्रतिशतमा थन्किएको हुन्छ । यसले हाम्रो देशलाई नै घाटा हुने होइन र ? अन्य देशको आफ्नै प्रचलन होला ।
मैले यस आलेख मार्फत सीए अध्यनमा असफल भइन्छ भन्ने आसयमा लेखेको होइन । सीए अध्यनमा सफल भन्दा असफल हुने धरै छन् र किन असफल हुन्छन भन्ने बिषय उठाउन खोजेको मात्र हो । मेहनत गर्यो भने पास हुन सकिन्छ । प्रेरणा लिन सकिने उदाहरणहरु छन् ।
प्रतिक्रिया दिनुहोस्