Skip to content

यस्तो छ सिए क्षेत्रका विभिन्न संघ संस्थाहरुले गरेको राहात संकलनको विवरण

गत बैसाख १२ गते गएको विनासकारी भुकम्पका पिडितहरुलाई नेपाली सिए क्षेत्रका विभिन्न संघ संस्थाहरुले सहयोग गरेका छन्।  भूकम्प पिडितहरुलाई नेपाल चार्टड एकाऊन्टन्ट्स संस्था, नेपाल चार्टड एकाऊन्टन्ट्स संघ, नेपाल चार्टड एकाऊन्टन्ट्स बिधार्थी संगठन, नेपाल भूकम्प राहत कोष दिल्ली लगायत विभिन्न संघसंस्थाहरुले राहत वितरण गरेका छन्।

एनाकासा र एक्यानले संयुक्त रुपमा आयोजना गरेको राहत वितरण कार्यक्रमको एक झलक तस्बिर : एनाकासाको फेसबुक पेज 
कसले कति राहत रकम संकलन गरे? :  यी संस्थाहरुमध्ये आईक्यानले कति राहत संकलन गर्यो भन्ने तथ्याङ्क बाहिर आएको छैन।  यद्यपि बंगलादेशको चार्टड एकाऊन्टन्ट्स संस्थाले आइक्यान मार्फत  १०  लाख टाका  सहयोग गरेको छ भने भारतको चार्टड एकाऊन्टन्ट्स संस्थाबाट पनि रकम आउने बुझिएको छ।  आईक्यान स्वोयमले समेत १० लाख रुपैयाँ राहत संकलन गरेको छ। यता नेपाल चार्टड एकाऊन्टन्ट्स  संघ  एक्यानले हालसम्म  १४,९२,५७९ रुपैयाँ संकलन गरेको बताएको छ। नेपाल चार्टड एकाऊन्टन्ट्स विधार्थी संगठन एनाकासाले कति रुपैयाँ संकलन गर्यो  भन्ने जानकारी आफ्नो आधिकारिक वेब साइटमा राखेको छैन।  यद्यपि आफ्नो फेसबुक पेजमा भने एनाकासाले १,२४,२७० रुपैयाँ संकलन गरिएको र संकलन कार्य अझै जारी रहेको  भनी मे तीन तारिखका दिन पोस्ट गरेको छ । यता एनाकासाका अध्यक्ष अनील आचार्यले भने झन्डै एक लाख सतरी हजार रुपैयाँ संकलन भएको सिए सरोकारलाई  जानकारी दिनुभएको छ।साथै एनाकासा र एक्यानले संयुक्त रुपमा विभिन्न राहत सामाग्री समेत संकलन गरेको बताएको छ। एनाकासाको फेसबुक पेज अनुसार एनाकासा र एक्यानले संयुक्त रुपमा १०० टेण्ट, ८००० प्याकेट चाउचाउ १००० केजी चिउरा,दर्जनौं बिस्कुट र १३० भन्दा बढि परिवारलाई  औसधि संकलन लगायतका राहत वितरण  गरिएको बताएको छ। 
नेपाल भूकम्प राहत कोषले सिन्धुपाल्चोक मा गरेको राहत वितरण कार्यक्रमको एक झलक 

यता सबै भन्दा बढि सहयोग भने भारतमा सिए अध्ययन गरिरहेका नेपाली बिधार्थीहरुको संयोजनमा स्थापना भएको नेपाल भुकम्प राहत कोष दिल्लीले गरेको छ।  उक्त कोषले ७००० भन्दा बढि टेन्ट , १०  हजार भन्दा बढि कम्मल, ५० रोल भन्दा बढि म्याट्रेस, १० हजार किलो भन्दा बढि चामल, १००० किलो भन्दा बढि दाल, १००० लिटर भन्दा बढि तेल ,५०० किलो भन्दा बढी नुन लगायतका राहत सामाग्री वितरण गरिएको बताएको छ।  कोषले २१ लाख भन्दा बढि नगद तथा ५० लाख बराबरका सामान तथा औसधि  संकलन गरेको भनी यस अघि पनि विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भैसकेको थियो।  साथै नेपाल भुकम्प राहत कोषले एम्स , केएमसी लगायतका मेडिकल कलेजहरुबाट डाक्टरहरु समेत पिडित ठाउँमा पठाएको थियो भने २० भन्दा बढि नर्सहरुलाई विभिन्न स्थानमा सेवाको लागि पठाएको थियो।  काठमाडौँमा मात्र ५० बढि स्वोयाम्सेवकहरुलाई खटाएको कोषले इन्स्टिच्युट अफ इञ्जिनियरिङ्गबाट समेत विभिन्न प्रयोजनका लागि विभिन्न इन्जिनियरहरु समेत खटाएको थियो। भारतको दिल्ली,मुम्बई तथा बैंगलोर गरी ५०० भन्दा बढी स्वोयम सेवकले काम गरिरहेको समेत कोषका तर्फबाट सुवास पाण्डेले सिए सरोकारलाई  जानकारी दिनु भएको छ। कोषका तर्फबाट पाण्डेले आफुहरुले सिन्धुपाल्चोकका ९ गाबिस , नुवाकोटका ७ गाबिस गोर्खाका ६ गाबिस दोलखाका ५ गाबिस पर्वत का ४ गाविस लगायत गुल्मी , ललितपुर , काठमाडौँ , रामेछाप , तनहु, धाधिंङ , काभ्रे र रसुवामा राहत वितरण गरेको बताएको छ। 

प्रतिक्रिया दिनुहोस्