Skip to content

दिल्लीमा सिए परिक्षाका लागि आधारभूत बिषयका बारेमा सेमिनार सम्पन्न

ऋषिराम अधिकारी 
दिल्ली ब्युरो, सिए सरोकार 
हातेमालो नेपाली विद्यार्थी समूह र ‘चन्दिओक्स एड्यापटिव लर्निङ्ग सोलुसनले’ संयुक्त रुपमा एक सेमिनारको आयोजना गरेका छन् ।  गत आइतबार लक्ष्मीनगरको बावा प्यालेसमा सम्पन्न भएको उक्त कार्यक्रम विशेषगरी सिए परीक्षाको तयारीको लागि आधारभूत  कुराहरुको बारेमा चर्चा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल दुताबासबाट कृष्ण प्रसाद ढकाल उपस्थित भएका थिए ।  आफुले सिए अध्यन गर्ने मौका नपाए पनि सिए विद्यार्थी माझ उपस्थित हुँदा बिगतका आफ्ना विद्यार्थी जीवन याद आएको र नेपाल राजदुताबासले दिल्लीमा रहेका विद्यार्थीहरुलाई सधै सहयोग गर्ने प्रतिबद्धता जाएर गरेका थिए ।

दिउसो ३ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा राजन बन्जाडे, बर्षा दुलाल र अन्जल डोटेलले समसामहिक बिषयमा आफ्नो विचार प्रस्तुत गरेका थिए ।  आर. डी. महेस्योरीले कम्पनी ऐन २०१३ को बारेमा चर्चा गरेका थिए भने विजय कपूरले समय ब्यवस्थापनको महत्वको बारेमा आफ्ना विचार राखेका थिए । कार्यक्रममा हाजिर जवाफ बिजेता  र फुटबल बिजेतालाई पुरस्कार वितरण गरिएको थियो ।
लक्ष्मीनगरमा जेठो संस्था भनेर चिनिने हातेमालो नेपाली बिद्यार्थी समूहले उक्त कार्यक्रममा हातेमालोका पुर्व सचिव प्रवेश आचार्यलाई बिदाई तथा शुभकामना दिएको थियो । कार्यक्रममा बोल्दै आचार्यले आफुले हातेमालोबाट धेरै कुरा सिक्न पाएको र यो आधा दशक लक्ष्मीनगरको बसाईमा हातेमालो आफ्नो जीवनको अभिन्न अंग रहेको बताए । त्यसैगरी हातेमालोका पूर्व अध्यक्ष तथा संस्थापक राजन अधिकारीलाई पनि सम्मान गरिएको  थियो ।  
साँस्कृतिक कार्यक्रममा धेरै बिद्यार्थीको उपस्थिति हुने र यस्तो खालको कार्यक्रममा न्यून सहभागिता हुने भएता पनि यस कार्यक्रममा यतिका सहभागी भएकोले आफु एकदमै खुसी भएको र अब आउने दिनहरुमा अझ शशक्त तरिकाले अगाडी बढ्ने भन्दै हातेमालोका अध्यक्ष सुनील बुढाथोकीले  सिए सरोकारलाइ जानकारी दिए ।  हातेमालो नेपाली बिद्यार्थी समूहले यस्ता खालको कार्यक्रम गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्