Skip to content

सिए नेपाल विद्यार्थी संघ भारतको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा गिरु न्यौपाने निर्वाचित

ऋषिराम अधिकारी 
दिल्ली ब्युरो, सिए सरोकार 

सिए नेपाल विद्यार्थी संघ भारतको  दोस्रो अधिवेशन हिजो १० जनवरी, २०१६ लक्ष्मीनगरको टपर्स इन्स्टिट्युट, यु-८६ मा सम्पन्न भएको छ।  उक्त कार्यक्रमबाट दोस्रो कार्यकारी समिति चयन भएको छ। कार्यक्रमका मुख्य आकर्षण भने नेपाली कांग्रेसका प्रभाबशाली युवा नेता गगन थापा रहने थिए । कार्यक्रम सभापति पदम भट्टराईको उपस्थितिमा सम्पन्न भएको थियो।  प्रमुख अतिथि कांग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापा थिए भने अतिथिहरुमा नेपाल विद्यार्थी संघका केन्द्रिय पुर्व महामन्त्री उमेश जंग रायमाझी, नेपाल जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे, नेपाल दुताबासका पदाधिकारी लगायतका विभिन्न संघ संस्थाका पदाधिकारीहरु उपस्थित थिए।

कार्यक्रममा बि पी स्मृति फुटबल टुर्नामेन्टका बिजेताहरुलाई पुरस्कार बितरण समेत गरिएको ।  आईसीएआई अन्तर्गतको सिपिटि, आइपिसिसी र फाइनल उत्तीर्ण हुनेहरुलाई पनि सम्मान गरिएको थियो।  नेपाली कांग्रेसको १३ औं महाधिवेशनको संघारमा राष्ट्र ब्यापी दौडान गरिरहदै गर्दा पनि नेपाली कांग्रेसका २ प्रभावशाली युवा नेताहरु गगन थापा र विश्व प्रकाश शर्माको अधिवेशनमा उपस्थिति रहने खबर भए पनि विशेष कारणबस विश्व प्रकाश शर्मा उपस्थित हुन सकेनन ।  नेपाली युवा पुस्तामा निकै नै लोकप्रिय रहेका नेपाली कांग्रेसका नेता गगन कुमार थापाले अबको नेपाल परिवर्तन  गर्न सबै युवा वर्ग अगाडी आउनु पर्ने  भन्ने कुराको रोड म्याप प्रस्तुत गरेका थिए ।

दोश्रो अधिवेशनको बन्द सत्र कार्यक्रमबाट सिए नेपाल विद्यार्थी संघ भारतको  दोश्रो कार्यसमिति चयन भएको थियो । सो बन्द सत्रले सर्वसम्मत भई गिरु न्यौपानेलाइ सभापतिमा निर्बिरोध विजयी घोषणा गरेको थियो । त्यसै गरि उपसभापतिमा विज्ञान मरासिनी, आशिष चन्द्र न्यौपाने र सुमित ओझा गरि ३ जना विजयी भएका थिए भने  सचिवमा सार्थक खतिवडा र दिलिप खनाल रहेका छन्।  सह-सचिवमा समुन्द्र सापकोटा र सुजन नेपाल रहेका छन् भने कोषाध्यक्षमा राजन बन्जाडे रहेका छन्।  जम्मा ३५ सदसिय कार्यसमिति चयन भएको थियो।

स्थापना समय देखि हालसम्म आइपुग्दा, सिए बिद्यार्थीहरुमा प्रभाबशाली काम गरेर लोकप्रिय बनेको सिए नेवि संघ भारतले  नेपालको विद्यार्थी संघ र नेपाली कांग्रेसमा पनि राम्रो उपस्थिति जनाइसकेको छ। कार्यक्रममा बोल्दै गगन थापाले सिए अध्ययन कति को गार्हो र परिश्रम गर्नु पर्ने विषय हो भन्ने कुरा मैले बुजेको छु किन भने मेरो पनि दाजुभाईमा एक जनाले सिए पढेका छन् भनेर भने संगै हल भरिका विद्यार्थी खुशी भएका थिए।   

प्रतिक्रिया दिनुहोस्