सिए सरोकार टेलिभिजन कार्यक्रममा अवको केहि साता पूर्वाच्न्चल विशेष सामाग्रीहरु प्रशारण हुने भएको छ। पूर्वका इटहरी विराटनगर, धरान लगायतका ठाउँहरुलाइ विषय बनाइ र त्यसको केन्द्रबिन्दुमा बिराट नगरलाइ राखी केहि साता कार्यक्रममा पूर्वका सामाग्रीहरु प्रशारण गरिने बताइएको छ। पूर्वमा सिएको सम्भावना, अवसर र चुनौतीका बारेमा त्यहाँका सरोकारवाला तथा विद्यार्थीहरुसंगको कुराकानी सहितको सामाग्री प्रशारण गरिने बताइएको छ।
यसै बीच आजको सृंखलामा पूर्वमा सिएको सम्भावना र चुनाती बिषयक सामाग्री प्रशारण गरिनेछ। यस अन्तर्गत पूर्वमा सिए अध्ययन गरिरहेका विद्यार्थी तथा त्यहाँ संचालित सिए इन्स्टिच्युटका प्रतिनिधिको भनाइ राखिएको छ।
कार्यक्रम न्युज २४ टेलिभिजनमा सोमबार बेलुकी ६:३० बजे र मंगलबार मध्यान्ह १२ बजे प्रशारण गरिनेछ। सिए सरोकार टेलिभिजन कार्यक्रमको यो १३४ औं भाग हो भने अवको केहि भाग सिए सरोकार पूर्वान्चलमय हुनेछ ।
प्रतिक्रिया दिनुहोस्