नेपाली सिए क्षेत्रकै सबै भन्दा ठुलो राहत बोकेर भारतमा सिए अध्ययन गरिरहेका नेपाली सिए बिधार्थीहरुको समूह राहत सहित काठमाडौँ आईपुगेको छ। भारतमा रही सिए अध्ययन गरिरहेका उनीहरुले भारतमा रहेका विभिन्न संघ संस्था, भारतमा अध्ययन गरिरहेका नेपाली सिए विधार्थी तथा नेपालसंग निकट मानिनुभएका भारतमा कार्यरत सिक्षकहरुको सहयोगमा संकलित राहत सामाग्री नेपाल ल्याइएको हो।
नेपालमा गत सनिबार आएको महाँभुकम्पका कारण ठुलो मात्रामा जान धनको क्षति भएकाले केहि हदसम्म भए पनि पिडितहरुलाई राहत होस् भन्ने उद्देश्यका साथ “नेपाल भूकम्प राहत कोष दिल्ली” स्थापना गरी जुटाइएको सहयोग काठमाडौँमा ल्याइएको र वितरण कार्य पनि थालिएको राहत कोषका तर्फबाट सिए बिधार्थी पदम भट्टराईले सिए सरोकारलाई जानाकरी दिनुभएको छ।
नेपालमा भूकम्प आएपछी भारतमा सिए अध्ययन गर्ने बिधार्थी हरुले दिल्लीमा गरेको मैनबत्ती र्यालीले राहत संकलनमा थप टेवा पुर्याएको सिए बिधार्थी दिलिप खनालले बताउनु भयो। भारतमा क्रियाशील विभिन्न बिधार्थी संगठनहरुको संयोजनमा नेपालका लागि राहत संकलन गर्न राहत कोष खडा गरिएको र त्यस राहत कोषलाई भारतका चर्चित शिक्षक सिए नागेन्द्र शाहको संयोजनमा अझ सशक्त बनाइएका कारण उल्लेखनीय मात्रामा राहत संकलन भएको समेत सिए बिधार्थी सुवास पाण्डेले सिए सरोकारलाई बताउनु भएको छ।
भारतबाट चामल ,चिउरा , दाल , तेल ,सरसफाईका सामान, औसधि , चाउचाउ, त्रिपाल लगयातका सामानहरु ल्याइएका छन्। काठमाडौँ ल्याइएका सामानहरुलाई नेपालका विभिन्न भूकम्प पिडित ठाउँहरुमा लगी वितरण गरिने बताइएको छ। यस राहत कार्यक्रमलाई भारतमा सिए नागेन्द्र शाहले र नेपालमा सुवाश पाण्डेले संयोजन गरिरहनु भएको जानकारी पदम भट्टराईले सिए सरोकार लाई दिनुभएको छ।
यसै क्रममा काठमाडौँ ल्याइएका समानहरु मध्ये केहि आजकाठमाडौँको साखुंमा वितरण गरिएको छ। यस अघि नै राहत टोलिका केहि सदश्यहरु साखुंको स्थिति बुझ्न पुगेका थिए। साँखुको स्थिति बुझ्न गएका बिधार्थीहरुको प्रतिबेदन अनुसार आज राहत सामाग्री सम्बन्धित ठाउँमा पुर्याइएको थियो।
साँखुमा आयोजित राहत वितरण कार्यक्रम निकै नै उपयोगी मुलक देखिएको थियो। निकै नै संयोजित तरिकाले आयोजित राहत वितरण कार्यक्रमलाई स्थानीय अगुवाले समेत सहयोग गरेका थिए भने काठमाडौँ स्थित टेक्नोलोजी सेल्स प्रालिले समेत आबश्यक सहयोग सहितको संयोजन गरेको थियो।
बाँकी राहत सामाग्री भोलिदेखि देशका अन्य ठाउँहरुमा पुर्याइने बताइएको छ। सिन्धुपाल्चोक, नुवाकोट लगायतका ठाउँहरुमा पुगी संकलित राहत सामाग्री सम्बन्धित पिडित समक्ष पुर्याईने बताइएको छ। सिन्धुपाल्चोक सबैभन्दा बढी पिडित जिल्ला भएकाले पनि सिन्धुपाल्चोकमा सबैभन्दा बढी राहत पुर्याईने समेत कोषका तर्फबाट पदम भट्टराईले सिए सरोकारलाई जानकारी दिनुभएको छ।
राहत टोलीमा केहि डाक्टरहरु तथा नर्सको समेत सहभागिता छ। भूकम्पका कारण घरबार बिहिन भएकाहरुमा देखा पर्न सक्ने विभिन्न रोगहरुलाई केहि हदसम्म भए पनि निवारण गर्ने उद्देश्यका साथ् राहत टोलिमा डाक्टर तथा नर्सलाई समाबेश गरिएको बुझिएको छ। डाक्टर तथा नर्सको टोली आबश्यक औषधि सहित राहत वितरणमा खटिएको थियो।
राहत वितरण कार्यक्रममा संचारकर्मीहरुको पनि उपस्थिति थियो। सिए सरोकार, माउण्टेन टेलिभिजनका साथै स्थानिय संचारकर्मीहरुको समेत कार्यक्रममा उपस्थिति थियो। निकै नै पिडामा परेका जनताहरुलाई भारतमा सिए अध्ययन गर्ने बिधार्थीहरुले गरेको सहयोग कार्यक्रममा उल्लेखनिय रुपमा संचार क्षेत्रले समेत साथ दिएको पाइएको थियो।
प्रतिक्रिया दिनुहोस्