Skip to content

दिल्लीमा पहिचान बनाउँदै नेपाली सिए इन्स्टिच्युट

ऋषि राम अधिकारी
दिल्ली ब्युरो प्रमुख , सिए सरोकार।


दिल्लीमा नेपाली विधार्थीहरुको संख्या निकै नै भएको भए पनि नेपालीले नै संचालन गरेका सिए इन्स्टिच्युटहरु भने कम छन्।  प्राइम सिए संस्थागत रुपमा नेपाली ब्राण्ड लिएर लक्ष्मीनगरमा पहिचान बनाउँदैछ भने  सिए नागेन्द्र साहले पनि दिल्लीमा नेपालीत्वको पहिचान दिने प्रयास गरिरहेका छन्। 
यस्तैमा दिल्लीमा आफ्नो पहिचान बनाइरहेको सिए इन्स्टिच्युट हो, प्राइम सिए। प्राइम सीएले भारतको नयादिल्ली स्थित
लक्ष्मीनगरमा आफ्नो कार्यसीमा बढ़ाए लगतै प्राइम सीए दिल्लीले आफ्नो पक्कड़
भारतमा पनि जमाउन थालेको छ। शुरुवाती दिनमा निकै नै कठिनाईको सामना गरेको भएपनि प्राइम सीए दिल्ली नामले लक्ष्मीनगर मात्र होइन पुरै दिल्लीमा नै चिनिन थालेको छ।
 नेपालबाट भारत सीए पढ़न आउदा, वातावरण र अन्य समस्याले निकै नै  कठिनाई हुने गर्दा र यहाँको माहोल नबुज्ने हुँदा प्राइम सीए दिल्लीले नया
आउने सीए  बिद्यार्थीका लागि निकै नै महत्वोपूर्ण भूमिका खेलिरहेको भारतमा सिए अध्ययन गर्ने विधार्थीहरु बताउँछन्। 
प्राइम सिए नेपालले गरेजस्तै  सातामा एकपटक परीक्षा
लिने, छात्रबृतीको लागि परीक्षा लिने र दैनिक हाजिर लिई बिद्यार्थीका
समस्या र पठनपाठनमा सचेत गराइने हुनाले पनि प्राइमले भारतमा समेत आफ्नो ब्राण्ड बनाइरहेको बिधार्थीहरुको भनाइ छ।  छोटो समयमै प्राइमले ल्याएको उत्कृष्ट नतिजा लगायतका कारणले पनि प्राइम सिए दिल्ली लक्ष्मीनगरमा सीपीटिका लागि तेश्रो नम्बरमा आउने गरेको सरोकारवालाहरुको भनाइ छ। 
नेपालको वातावरणमै नेपाली बिद्यार्थीलाई सरल र सुलभ तरिकाले
पढाउने उदेश्यका साथ स्थापना भएपनि प्राइम सीए दिल्ली हाल आएर नेपाली
मात्र नभइ भारतीय बिद्यार्थीका माझंमा पनि निकैनै लोकप्रिय हुँदै आएको छ।
दिल्लीका
ख्याति प्राप्त शिक्षकहरुलाई  एकै ठाउँमा ल्याई नेपाली वातावरणमै पढाइने हुँदा बिधार्थी अझ त्यसमा पनि नेपाली बिधार्थी लाई सुनमा सुगन्ध भईरहेको प्राइम सिए दिल्लीका प्रबन्ध निर्देशक गोविन्द पोखरेलले सिए सरोकार लाई बताए।

प्रतिक्रिया दिनुहोस्