
प्रकाश लम्शालले पूरा गरे बाचा !: यसअघि नेपाली सिए बजारमा एक व्यक्ति एक पेसा सार्ने सर्तमै प्रकाश लम्शाल अध्यक्ष बनेको चर्चा चलेको थियो। उक्त चर्चालाई सहि साबित गर्दै अन्तत: प्रकाश लम्शालले एक व्यक्ति एक पेसा सार्ने एजेन्डामा सहि थापेको खबर छ। यता एक व्यक्ति एक पेसाको नीति सार्नका लागि प्रकाश लम्शालले चौतर्फी लविङ गरिरहेको तर त्यसको अपजस भने नरेन्द्र भट्टराइलाई थुपार्न खोजेको नेपाली सिए बजारमा विभिन्न सिएहरुले आरोप लगाएका छन् ।
खेर गयो बिरोध : एक व्यक्ति एक पेसाको नीति पर सार्ने भन्ने बिषयमा एक्यानले गरेको बिरोध खेर गएको छ। एक्यानले कुनै पनि हालतमा निर्णय भैसकेको बिषय परिमार्जित हुन नहुने आसय सहितको बिरोध पत्र आईक्यानमा बुझाएको थियो। तर अब उक्त बिरोधको पनि खासै अर्थ नभएको सिएहरुको भनाई छ।
ठाउँ ठाउँमा पार्टि : एक व्यक्ति एक पेसाको नीति सरेपछि विभिन्न ठाउँमा भोज भतेर कार्यक्रमको आयोजना भएको खबर छ। संस्थागत रुपमा नभए पनि आरएहरुको विभिन्न समूहले विभिन्न ठाउँमा बिजय उत्सब मनाइरहेको खबर छ। यता कतिपय आरएहरुका समूहमा एक व्यक्ति एक पेसा सर्नुमा सबैभन्दा ठुलो हात प्रकाश लम्शालकै भएको चर्चा चल्न थालेको छ भने यससंग सम्बन्धित विभिन्न तर्कहरु हुन थालेका छन्।
कसले के भने ? एक व्यक्ति एक पेसाको नीति पर सर्ने भए आची विभिन्न सिएहरुले आ-आफ्नो भनाइ सामजिक संजालमा पोखेका छन्। सिए सुरेश देवकोटाले सामाजिक संजालमा लेखेका छन् ,” फेरी पालो आयो नोट अफ डिसेन्ट को. यो कचिंगल किन सकिन्न ?. प्रोफेस्नालिजम कहिले विकास होला ? किन सबैले प्रोफेसनको लागि स्पस्ट अडान लिदैनन ? तर आफु त लागिरहने हो, हिजो, आज र भोलि पनि.” यस्तै सिए भारत रिजालले सामाजिक संजालमा लेखेका छन् ,”बहुमतको दम्भ पनि देखियो । पद्को दुरुपयोग पनि देखियो । OMOP सि ए हरूलाई मात्र लागु हुने ? ? उल्टो Balance Sheet र दुइथरी Balance Sheet बनाउने सबै चोखा, अरु जती सबै अपराधी ? सबैले आफ्नो पालो कुरेर बस्दा हुन्छ । ढिलो चांडो मात्र हो ।”
यसका साथै आईक्यानको काउन्सिल बैठकले केहि आरए तथा सिएलाइ कारवाही को निर्णय समेत गरिएको अपुष्ट समाचार आएको छ। (नेप्लिज डट ओआरजीबाट )
प्रतिक्रिया दिनुहोस्