Skip to content

नेपाली सीएको लोगो: एक पृथक परिकल्पना, केपी उपाध्यायको लेख

कुनैबेला नेपाली सीएको लोगो कस्तो रहेछ भनी खुब जान्न मन लाग्यो। भारतीय बोर्ड आइसिएआइले आफ्ना सीए सदस्यको लागि लोगो निकालेको देखेर नेपाली बोर्ड आइक्यानले पनि निकालेको होला सोच्दै खोज्न थालें । आईक्यान संस्थाको त लोगो भेटाएं  तर सीएको लागि भेट्न सकिन। अनि कल्पिन थाले नेपाली सीएको लोगो। आफू भारतिय बोर्डमा अध्ययन गरेपनि देशप्रतिको स्नेहले तान्दो रहेछ। 
लोगोको बारेमा:

किन जरुरी छ?
-समाजमा सीएप्रतिको धारणालाई अझ मजबुत पार्दै पेशागत विकासमा टेवा पुर्याउन (एउटै लोगो हुनाले सेवाग्राही विचलित हुने छैनन्।) 

-नक्क्ली सीए बन्दै ठगी गर्ने गिरोहलाई रोक्न (किनकी एक सीए एक लोगोको बिल्ला प्रदान गरी लोगोभित्रै सदस्य संख्या तोकेपछी गिरोहको सन्जाल टुट्ने छ।) पेशाप्रतिको आकर्षण बढाउन(जति ब्रान्ड बन्नेछ त्यति पहिचान अनि अबसर बढनेछ।) 

प्रहरीले
एउटै युनिफर्ममा जसरी समाजमा शान्तीसुरक्षाको बिश्वास जितेको छ,त्यसरी नै
मानिस आफ्नो आर्थिक कारोबारको सुरक्षा खोज्छ।त्यो सुरक्षाको प्रत्याभुती
दिलाउन पनि लाइसेन्सवाला सीएको लोगोले महत्त्वपूर्ण भुमिका निर्वाह गर्न
सक्छ।अझै पनि भारतीय बोर्डप्रतिको मोह कम नभएको अबस्थामा आइक्यानले पनि
नेपाली सीएप्रतिको आकर्षण बढाउने काममा अघि बड्न पनि लोगो बनाउन जरुरी
छ,जसले करोडौंको रकम विदेश जानवाट जोगाउने छ।आइक्यान सदस्य नबनेसम्म सदस्य
संख्या इन्कित लोगोको नपाइने हुनाले सेवाग्राहीको पनि बिश्वास बढछ।

साफा,कापा हुँदै आइफयाकसम्म सदस्य रहेको गरिमामय आइक्यानका सदस्य सीएहरुको लोगो मार्फत आफ्नै मौलिक पहिचान हुनुपर्छ भन्ने नै यो अबधारणाको एकमात्र उदेश्य हो। संस्थाको लोगोले संस्थागत पहिचान दिन्छ भने सदस्यलोगोले पेशागत ब्यक्तित्व झल्काउने छ।

यो परिकल्पना मात्र हुनाले अब छलफलको सुरुवात होस अनि अति उत्तम प्रस्तावित लोगोहरुमध्य कुनै एक नेपाली सीए सदस्यको लागि संस्थागत रुपमै छनोट गरियोस् भन्ने हाम्रो चाहना रहेको छ। 

अत: भर्खरै निर्वाचित आइक्यान सदस्यहरुले यस विषयमा ठोस काम गरिदिउन भन्ने सदिच्छा तथा आगामी बर्षहरुमा आइक्यानले शैक्षिक अनि पेशागत विकासमा सफलता हासिल गरोस् भन्ने कामनाका साथ नवनिर्वाचित परिसद सदस्यहरुलाई हार्दिक बधाई। जय होस !

प्रतिक्रिया दिनुहोस्