
दस जोड दुईको परीक्षा सकिए लगत्तै कति
भाइबहिनीहरुले सीए बन्ने सपना बोकेर विभिन्न
ईन्स्टिच्युटमा भर्ना गरे होलान्।विशेषगरि
सीए बन्न चाहने र बनिरहेका बिद्यार्थी
साथीहरुको लागि यो लेख उपयोगि हुन
सक्ला। यहि शिर्षकको अघिल्लो प्रकाशित
लेख सेवामुलक लगानी र समसामयिक विषयमा
केन्द्रित थियो।लेखको उदेश्य कुन ब्यक्तिगत
फाइदाको लागि सीए बन्ने भन्ने नभै समाज र
देशको लागि चै किन बन्ने भन्ने हो।यस अर्थमा
मैले ब्यक्तिगत फाइदा के हुँदा रैछन भन्ने सोचेर
पढ्ने पाठ्कहरुलाई निराश पारेको छु।अत: सीए
बन्नुपर्ने केही कारणहरुमाथि प्रकाश पारिएको
छ।
भुकम्पले गति तिर्मिराएको अब्स्था छ।नेपाली
समाज सीए बन्नेहरुले पैसाको विटो कमाउछन
भन्ने सोच्छ,यथार्थ त्यसो होइन,के चै पक्कै हो भने
खर्च न्यूनीकरण गर्न र पैसालाई नाफामुलक
क्षेत्रमा लगानी गर्न एउटा सीएले राम्ररी
जानेको हुन्छ।कोहि सीए बन्नुको लक्ष्यनै
घर,गाडी,धनसम्पत्ती कमाउनु मात्र हो भन्ने
सोच्नुहुन्छ भने उहाँहरुले बुझ्नैपर्ने हुन्छ,उहाको
उदेश्य त्यतिमात्र होइन।
दुई ठुला आर्थिक महाशक्तीविच उभिएको
नेपाल दसबर्षको लामो पर्खाइपछी संविधान
पाउनेवाला छ।
रुमल्लिएको देश आर्थिकयुगमा प्रवेश गर्दैछ,सीए
अर्थतन्त्रका सक्षम योद्धा बन्न सक्छन् ।नयाँ
नेपाल बन्न सीएको महत्त्वपूर्ण योगदान
रहनेछ,त्यसैले सीए बन्नुहोस।
भ्रस्टाचारले खोक्रो बनाएको देशलाई आर्थिक
पारदर्शिताले मात्रै अगडी बढ्न मद्दत पुग्नेछ।
जस्ताको तस्तै आर्थिक प्रस्तुती दिन स्वतन्त्र
अडिटर मात्रै सक्षम हुन्छ,र केही सालपछि
सीएमात्रै अडिटर बन्न सक्नेछन,त्यस्तो
अधिकारी हुन सीए बन्नुहोस।
समस्यालाई नजरअन्दाज गर्न खोजिएको पटक्कै
होइन,न रामराज्यको परिकल्पना गर्न
खोजिएको हो।
यो धर्तीका हरेक सफल प्रक्रियाको निश्चित
प्रणाली हुन्छ।मौसम प्रणालीमा समस्या हुँदा
बाढीपहिरोले सताउछ,शारीरिक प्रणालीमा
समस्याहुँदा रोगले पिरोल्छ।त्यस्तै जब शासन/
आर्थिक प्रणालीमा समस्या हुन्छ,देश खोक्रो
बन्न पुग्छ।
तसर्थ अर्थतन्त्रको पनि निश्चित प्रणाली हुन्छ
जसलाइ सबल बनाउन सीएले गर्ने तीन साल
लामो घनिभुत तालिमले ठुलो भुमिका खेल्न
सक्छ।भनिन्छ मान्छे मरेपछी चन्द्रगुप्तले मानिसले
गरेको कर्मको रिपोर्ट यमराजलाई बुझाउछन।
रिपोर्ट सीएले कम्पनिसदस्यलाई बुझाउने हो।
रिपोर्टकै भरमा कति निर्णयहरु लगिन्छन,यस्तो
रिपोर्टमा सहि गर्ने अधिकारी बन्न सीए
बन्नुहोस।
समाजमा एउटा भ्रम के छ भने सीएले सहिछाप
गरेपछी सबै सहि भैहाल्छ,यसो कदापि
हुदैन,कुनियतसाथ तयार पारिएको
लेखाकिताबहरुमा सीएले सुनपानी छर्केर
चोख्याउने होइन किनकी “CA is a Watchdog
but not a Bloodhound” अर्थात कति नमुना
परिक्षणहरु हुनेगर्छन र केहि पुर्ण परिक्षण पनि हुने
गर्छन जसको आधारमा आफ्नो राय व्यक्त गर्नु
पर्ने हुन्छ,राय ब्यक्त गरिएको रिपोर्ट
स्वच्छताको प्रमाणपत्र होइन,त्यसैले एकैसाथ
पेशागत मूल्यमान्यता,विधि र कानुनको ख्याल
गर्दै राय व्यक्त गर्न सीए बन्नुस।
समय परिवर्तनिय छ,अब सीए लेखामा मात्र
सिमित छैनन।बैंकिङ,पुजिबजार,प्रत्यक्ष/
अप्रत्यक्ष कर,कम्पनी कानुन,सुचना प्रणाली
आदि क्षेत्रमा आआफ्नो बिसेसज्ञता प्राप्त
गर्दै छन,जमाना बिसेसज्ञताकै छ।यसरी उच्चतम
पेशागत अनि शैक्षिक उपलब्धी प्राप्त गर्न सीए
बन्नुहोस।
कुनै पनि शिक्षा अनि पेशाको उदेश्य ब्यक्तिगत
विकासमात्र नभएर समाज अनि रास्ट्रप्रती
प्रत्यक्ष/अप्रत्यक्ष योगदान पनि हो। तसर्थ
माथी उल्लेखित सीए बन्नुपर्ने केहि कारणहरु
बाहेक अन्य कारणहरुको चर्चा आगामी लेखहरुमा
गरिएला ।
केही संबंधित बिषयहरु
सीएको कार्यक्षेत्र आर्थिक हुनाले यो
राजनितिसग जोडिएको विषय पनि हो।
पेशागत ब्यक्तिहरुले स्ट्यान्डर्डहरु पछ्याए जस्तै
राजनीतिक स्ट्यान्डर्डहरुको पनि परिकल्पना
गर्न सकिन्छ।हाम्रा कति नेतागणले
पेशामा”राजनीति”लेखिएको पाइन्छ।
नेपाली राजनीतिले वाटो विराउनुको एउटा
कारण यो पनि हुन सक्छ किनकी कुनै
स्ट्यान्डर्डनै नभएपछि मनपरी तन्त्रको राज चल्ने
नै भयो।नेपालमा प्रजातन्त्र,लोकतन्त्र अनि
गणतन्त्रले पनि आम नेपाली जनतामा प्रत्यक्ष
रुपमा कुनै लछारपाटो लगाउन नसक्नुमा नेताको
नियत र तौरतरिकाकै दोष छ। देश बनाउन
नेतामा कि इच्छाशक्ति चाहिन्छ कि डर।
उहिले राजाले कोच्लान कि भन्ने डर थियो,अब
आफै राजाझै बनेपछि त्यो डरपनि हट्यो।आम
जनताको डर हुने कुरै भएन,झन ललिपपले भ्रमित
पार्न सके जनताले त २०-३० बर्षमा एकपटक सडक
तताइ दिन्छन् ।जनतालाई पनि अधिकार
सम्झाइदिने मात्रै भए,जिम्मेवारी बुझाइदिने
कोहि भएन।दसबर्षमा सिङापुर/
स्विजरल्यान्डको सपना देखाउनेहरुले
संविधानमात्रै बन्न दसबर्ष लगाइदिए।तरपनि
आशावादी बन्न छोड्नु भएन,विकल्पबिहिन
बर्तमानमा।सीए पनि यहि समाजको सदस्य
हो जति चाडो आर्थिक उन्नति हुन्छ त्यति
चांडो अवसरका ढोका खुल्नेछन।द्रुत आर्थिक
उन्नति हुन राजनितिक परिवर्तन जरुरी
छ,राजनितिक परिवर्तन हुन सबैमा राजनितिक
चेतना हुन जरुरी छ।
अरुलाई बदल्न प्रयत्न गर्ने छैनन् तब सम्म नेपाल
समुन्नत हुने छैन,नेपाली समृद्ध हुने छैनन्।त्यसैले सीए
बन्नुहोस ठुलो सोच अनि सपना बोकेर किनकी
नेपाल तपाईंलाई कुरिरहेको छ,तपाईंले नेपाली
राजनिति बदलेर आर्थिक उन्नतिमा देशलाई
अगाडी पुर्याउनु छ।हरेक सीएले आफ्नो
गाउँठाँउको विकासबारे सोच्ने हो भने धेरै फरक पर्नेछ।
जय होस् ।।।
प्रतिक्रिया दिनुहोस्