काठमाडौँ । आइतबार आइक्यान परिसरमा सिएहरुले आन्दोलन गर्ने भएका छन् । रजिष्टर्ड अडिटर प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले आइक्यानलाई पेश गरेको प्रतिवेदन सार्वजनिक भएपछी सोको विरुद्धमा सिएहरु आन्दोलित हुन लागेका हुन् । आइतबार ठिक ११ बजेदेखि २ बजेसम्म उक्त ‘खबरदारी सभा’ हुने बताइएको छ ।
कार्यक्रम अन्तर्गत आइक्यानमा धर्ना दिने र अध्यक्ष-उपाध्यक्ष लगायतका सम्बन्धित व्यक्तिहरुलाई भेट गर्ने आन्दोलन कार्यक्रम बताइएको छ । एक्यान, वीक्यान र सिएहरुको स्वतन्त्र समूहहरुको छुट्टाछुट्टै विरोधपत्र बुझाउने कार्यक्रम भएपनि समय भने ११ बजे नै रहेको छ । ‘
सुरुमा सिएहरुको स्वन्तन्त्र समूहले विहान ११ बजेको समय तय गरेपछि वीक्यान र एक्यानले पनि सोहि समयमा आइक्यान आउन सबै सिएहरुलाई आह्वान गरेका छन् । कोरोना भाइरसको संक्रमणका कारण मास्क लगाएर र भौतिक दुरी कायम गरेर आइक्यान परिसरमा उपस्थित हुन सबै समूहले सम्बन्धित सबैलाई आग्रह गरेका छन् । आइतबार ठिक ११ बजे आइक्यानमा भौतिक दुरीसहित भेला हौँ, टास्क फोर्सको प्रतिवेदनको मास्क लगाएर विरोध गरौँ’ विभिन्न समूहहरुको आह्वान छ ।
टास्क फोर्सको प्रतिवेदन सिए सरोकारले सार्वजनिक गरेसँगै अहिले सिएहरु विरोधमा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्