- सुरज प्याकुरेल / सिए सरोकार डटकम
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आठौँ काउन्सिलको निर्वाचन सम्पन्न भएको छ । चुनावमा जगन्नाथ उपाध्याय, सुरेन्द्र श्रेष्ठ, कृष्ण आचार्य, विद्यावारिधि सिग्देल, पियुष आनन्द, मदन शर्मा, किरण डंगोल, बिष्णु भण्डारी, युद्ध राज ओली र महेश ढकालले जितेका छन् । तर यसपालीको चुनावमा केहि अप्रत्यासित हारका घटना पनि सबैले देखे । जित्ने अपेक्षा गरिएका सुजन काफ्ले र अच्युत राज जोशीले चुनाव हारे । जित्न गाह्रो नै छ भनेर विश्लेषण गरिएका किरण डंगोलले चुनाव जिते । यसका विभिन्न कारणहरु छन् । जसलाई हामी बुँदागत रुपमा प्रस्तुत गर्दैछौं । हार्नेहरुले पाठ सिकौं, जित्नेले मनन गरौँ !
१. अच्यूत राज जोशीको मुख्य हारका कारण पछिल्लो पुस्तासँगको ‘कम्युनिकेसन ग्याप’ हो । त्योसँगै उनी भोट बाड्ने रोगले पीडीत पनि बने । विष्णु भण्डारी र अच्युत जोशी दुबैलाई जिताउने बहानामा अच्युत जोशीका थुप्रै भोट भण्डारीलाई बाँडीयो । अच्युत जोशीकै समर्थकहरुले ‘जोशीलाई भोट पुगिसक्यो अव भण्डारीलाई हालौं’ भनेर चुनावी एरियामा हल्ला चलाए । जसका कारण जोशीले हारे । यसले एकातर्फ भोट बाड्नु कति हानिकारक रहेछ भन्ने पाठ सिकायो भने अर्कोतर्फ हार्छु भन्ने सेन्टिमेन्टले कसरी ब्ल्याकमेल गर्न सकिने रहेछ भन्ने पनि स्पष्ट भयो ।
२. सुजन काफ्लेको हारको मुख्य ३ कारण हो । एउटा त उनका आफ्नै मामा सुनीर ढुंगेलले उनको सट्टा किरण डंगोललाई साथ दिए । ढुंगेल चुनावमा लड्दा डंगोलले साथ दिएका थिए । यसले ऋण तिर्ने गतिलो मान्छेको पछि लागे फाइदा नै हुनेरहेछ भन्ने पाठ सिकायो भने, आफ्नाहरुले धोका दिएपछि कसैको केहि सिप नलाग्ने रहेछ भन्ने पनि स्पष्ट भयो । अर्कोतर्फ चुनावी समयमा काफ्लेले गरेको गैरकानुनी कामका बारेमा समाचार सार्वजनिक भयो । व्यक्तिको सेन्टिमेन्टलाई समाचारले कतिसम्मको प्रभाव पार्दो रहेछ भन्ने पाठ पनि यो घटनाले सिकायो । अर्को र सबैभन्दा महत्वपूर्ण भनेको साथीका नाममा सुजन काफ्लेले विवादित व्यक्तिको मुकुण्डो लगाएर हिंडे । बजारमा धोकेबाजका रुपमा चिनिएका प्रकाश लम्साललाई बोक्नु उनका लागि हानिकारक भयो । लम्सालले आफ्नै उम्मेदवार छोडेर भित्रभित्रै जगन्नाथ उपाध्यायलाई साथ दिएको कुरा लुकाएर पनि लुक्न सकेन ।
३.प्रमोद स्वर्णकारको हारको कारण बिना तयारी उनले देखाएको ‘ओभर कन्फीडेन्स्’ हो । चुनाव कागजमा गनेर हुन्न बाकसमा हालेपछि मात्र आउँछ भन्ने पाठ सबैले सिक्नुपर्ने भयो । आफ्ना मान्छे छन् भनेर सधैं चुनाव जितिन्न भन्ने कुराको प्रमाण लालाको हारबाट प्रमाणित भयो ।
४. क्षेत्र गोपाल प्रधान हार्नुको एक मात्र कारण उनको बजारमा रहेको नकारात्मक छवि हो । यसै पनि प्वाक्क बोल्ने, अरुलाई मनलाग्दी भन्ने उनका कमजोरी हुन् । यो कमजोरीका अगाडी कसैको केहि लागेन । जसले आफुलाई सपोर्ट गरेको छ उसका सबै भोट आउँछन् भन्ने भ्रम पाल्नु उनको अर्को कमजोरी भयो । त्यसमाथि चुनावमा भोट सेन्टिमेन्टले कम आउँछ, क्षमताले बढी आउँछ भन्ने तथ्य पनि उनले पक्कै सिके होलान् । बजारमा चुनावी खेलाडीका रुपमा रहका केहिलाई वेवास्ता गर्नु, चुनावका बेलामा नेता बन्न नसक्नु उनको हारका अन्य कारणहरु हुन् । चुनावले स्पष्ट देखाएको छ, उनलाई जति भोट आए, ती पनि जवरजस्त अरुले खोजिदिएका भोट थिए । चुनावमा जित्न आफु पनि सवल हुनुपर्छ भन्ने अर्को पाठ सिकायो चुनावले उनलाई । यहि बीचमा सुरेन्द्र श्रेष्ठको भद्र शैलीको जीत भयो । मान्छेले काम गर्नुपर्छ, कम बोल्नुपर्छ र सबैलाई मिलाएर लैजानुपर्छ भन्ने पाठ सुरेन्द्र श्रेष्ठले राम्रैसँग दिए ।
५. पछिल्लो समय कृष्ण आचार्यका धेरै भोट महेश ढकालले ताने । यो खेल उनले भन्दा बढी उनका सहयात्री सन्दीप बाबु पौडेलले खेले । यो पनि एउटा कला हो । चुनाव जित्न कला पनि चाहिन्छ भन्ने अर्को पाठ सिकायो चुनावले । यसै पनि उनलाई भोट हाल्न राष्ट्र बैंक र योजना आयोगका उच्च अधिकारीहरु पनि उनका लागि कस्सीए । चुनावमा रिफरल भोट कति महत्वपूर्ण हुँदो रहेछ भन्ने पाठ सिकायो ।
६. आफ्ना उम्मेदवारका लागि सबैभन्दा बढी खटेको अवार्ड दिने हो भने त्यो पुरस्कार विद्यावारिधिकि धर्मपत्नी प्रिती सिग्देललाई दिनुपर्छ । दिनभर उनी दौडधुपमा थिइन् । उनको दौडधुप यतिसम्म थियो कि अन्य उम्मेदवारहरुले आफ्नी श्रीमतीलाई पनि राम्रोसँग सम्झिए होलान् । चुनावमा खटेर लाफ्ने आफ्नाहरुको महत्व कति हुँदो रहेछ भन्ने पनि पुष्टी भयो । विद्यावारिधिका भोट पनि पछिल्लो समय रातारात निकै काटिएका रहेछन् भन्ने पुष्टी भयो । धन्न प्रितीले ठुलो भूमिका खेलिन् ।
७. पियुष आनन्दले बडो राजनीतिक हिसावले चुनाव जिते । उनले कुटनीति पनि निकै मीठो प्रयोग गरे । उनले गणितमा ध्यान दिए र भोट खोजे । स्वर्णकारको हारले उनको जीतलाई थप बल पुग्यो । चुनावको गणित नबुझेकाहरुका लागि यो अर्को पाठ हो । जति नै पावरफुल व्यक्तिले असहयोग गरेपनि आफ्नो मेहेनतको फल पाइन्छ भन्ने उदाहरण समेत उनले दर्ज गरे ।
८. कृष्ण आचार्यले चुनाव जिते तर एक नम्बरमा आउन सकेनन् । एक त पछिल्लो समय उनका भोट महेश ढकालले काटे । यसमा उनी आवश्यक सतर्क हुन नसकेकै हो । यद्यपी उनको मीठो बोली र सार्है हँसिलो पाराले उनलाई साथ दियो । उनले प्रयोग गरेको राजनीति र कुटनीति दुबैले काम गर्यो । एनआइसी एसियाका कामु सीइओ रोशन न्यौपानेलाई प्रस्तावकमा राखेर उनको अर्को कुटनीति चलेका थिए, जसमा उनी सफल पनि भए । चुनावले सिकाएको अर्को पाठ हो यो ।
१०. डेन्जर जोनमा रहेका मदन शर्मा पछिल्लो समय निकै मेहेनती भए । जसका कारण उनले चुनाव जिते । तर उनीजस्तो सिनियर अझै अगाडी आउनुपर्थ्यो । सबैलाई भोट नमाग्नु, वा आफ्नै कोर भोटरको भर पर्नाले उनी अलि पछि जिते । उनीसँग त चाहिने भोट भएर मात्र हो । भोट नमाग्नु र नयाँ सिएहरुसँग दुरी राख्नु हानिकारक छ है भन्ने पाठ पनि यो चुनावले सिकायो ।
११. यसपालीको चुनावले बजारका दुई बादशाह मानिएका सिएहरुमध्ये भरत रिजाल ‘हिस्स’ परे । प्रकाश लम्सालले त झन् ‘तोरीको फूल’ देखेको हुनुपर्छ । लम्साल त यसै पनि धोकेबाज नै भनेर चिनिएका हुन् । उनी झन् उदांगो भए बजारमा । आफ्नो उम्मेदवार हार्नुले जति नमज्जा उनलाई भयो त्यो भन्दा बढी युद्ध ओलीले जितेर उनलाई नमज्जा भएको छ भन्ने कुरामा कुनै शंका नै छैन । मान्छे व्यक्तिवादी हुनुहुन्न भन्ने कुराको अर्को प्रमाण हो यो । अच्युत राज जोशी हार्नु भनेको भरत रिजाल हार्नु सरह नै हो । आफ्नै चुनावमा जसरी उनी जोशीका लागि नलागेको पक्कै हो । उनको स्वास्थ्यले पनि साथ दिएन । ज्यू-ज्यू गर्नुपर्ने बजारमा भनेको भरमा भोट आउंदैन र भोट बाड्नु हुँदैन भन्ने कुराको उदाहरण राम्रैसँग बुझेको हुनुपर्छ रिजालले । यो चुनावले थप पाठ सिकायो ।
प्रतिक्रिया दिनुहोस्