काठमाडौं
। नेपाल अडिटर्स एशोसिएशन (अडान) का बरिष्ठ केन्द्रीय उपाध्यक्ष
सूर्यप्रसाद अधिकारीले नेपालका रजिष्टर्ड अडिटर (आरए) हरुलाई चार्टर्ड
एकाउण्टेण्ट सरह अधिकारसम्पन्न बनाउन आफुहरु क्रियाशिल रहने प्रतिवद्धता
व्यक्त गरेका छन् । अर्थ संसारमा खबर छ। शनिबार चित्तवनमा नेपाल
चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) को तीन दिने अनवरत पेशागत शिक्षा
तालीम उदघाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
सातौं काउन्सिलका उम्मेदवारसमेत रहेका अधिकारीले नेपालको कानून र
आइक्यानको संरचना नै विभेदकारी भएको कारण लेखापरीक्षकहरुलाई मर्का परेको
बताउदै त्यसलाई हल गर्नका लागि आफुहरु संस्थागत रुपमा नै निर्वाचनमा
होमिनुपरेको बताए । । आफुलगायत यादव न्यौपाने, ध्रुव पौडेल र गणेश राईलाई
विजयी बनाएर लेखापरीक्षकहरुको अधिकार, कर्तव्य र क्षमतावृद्धिका लागि सहयोग
गर्न अधिकारीले आग्रह गरे ।
बोल्दै अडानका प्रथम उपाध्यक्ष तथा आइक्यानका पार्षद मोहन सुवेदीले
आइक्यानलाई आरएमैत्री बनाउन आफुहरुले हरसम्भव प्रयास गरेको बताउदै आगामी
काउन्सिलले त्यसलाई पूर्णता दिने बताए । अडानका केन्द्रीय उपाध्यक्ष तथा
आइक्यान पांचौ काउन्सिल सदस्य कृष्ण पौडेलले मुलुकभरका सबै
लेखापरीक्षकहरुले अडानका चारै उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाएर
पेशागत एकता देखाउन आग्रह गरे ।तालीममा चित्तवन, नवलपरासी, गोरखा,
लमजुङलगायत जिल्लाहरुबाट एक सय लेखापरीक्षकहरुको सहभागिता रहेको छ ।
तालीमको आयोजना प्रोफेसनल सोलुसन र व्यवस्थापन अडान चित्तवनले गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्