बिहान उददेखिराति सुत्दासम्म तनावै तनाव ! बिहान उठ्यो अफिस जाने तनाव ! अफिस पुग्यो क्लाईंन्टको तनाव, आउंदै गरेको चुनावको झन् तनाब, पढाउने सिएहरुलाई बिधार्थी र तीनको नतिजाको तनाव ! तनाबै तनाबमा दिन बिताइरहेका सिएहरुलाई देख्दा वा बुझ्दा जति निरस उनीहरुको जीवन, त्यति नै सिए भित्रको रमाईलो गर्ने बेला, पल वा सामुहिक भेटघाटको खुसि बाढ्ने तरिका भने अरुको जस्तै बिन्दाश पाराको छ। सायद बजारमा भरत रिजाल, दीपक पाण्डे वा भास्कर लाला नाचेको कमैले देखेका होलान् । किरण डंगोल नाच्नमा कम छैनन् भन्दा नपत्याउनेहरु पनि होलान् ,”हैन यी लव खत्री जी पनि नाच्नुहुन्छ र ?” भन्ने पनि धेरै होलान्, तर पेसा ले जति नै निरस बनाए पनि आखिर मान्छे भित्र को प्रतिभा त कुनै न कुनै रुपमा निस्किने नै रहेछ। हेर्नुहोस्, एक्यानले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा दिल खोलेर छमछमी नाँच्दै गरेका सिएहरुका केहि रमाइला पलका झलकहरु :

प्रतिक्रिया दिनुहोस्