आईक्यानको अवको नेतृत्वमा सिए प्रकाश लम्शाल अध्यक्ष र महेश खनाल उपाध्यक्ष हुने पक्कापक्की भएको छ। उपाध्यक्ष र अध्यक्षका लागि एक एक जनाले मात्र उमेद्वारी दिएपछी आईक्यानको अवको नेतृत्वको पक्कापक्कि भएको हो। आईक्यानले अध्यक्ष र उपाध्यक्षका लागि निर्वाचन मिति तय गरेको अवस्थामा दुई जनाको मात्र उमेद्वारी परेको हो। महेश खनाल र प्रकाश लम्षाल दुवै ‘प्राक्टिस’ मा रहेका सिएहरु हुन्।
यस्तो छ महेश खनालमाथि बजारको टिप्पणी : एक नम्बरको भोट कमजोर संख्यामा भए पनि दुई नम्बरको भोट पुग्दो ल्याएपछी महेश खनालले गत आईक्यानको चुनाव जितेका थिए। बजारमा निकै नै स्वच्छ छविका सिएका रुपमा बजारमा चिनिएका महेश खनालले विशेष गरी बिधार्थीका हक हितमा काम गर्न सक्छन् भन्ने बजारको विश्लेषण छ। आईक्यानका पूर्वाध्यक्ष महेश गुरागाई निकटका रुपमा चिनिए पनि महेश खनाल आफ्नै हिसावले काम गर्ने सिएका रुपमा चिनिन्छन्। महेश खनाल एण्ड कम्पनीमा कार्यरत सिए महेश खनाल विधार्थी तथा सदश्यमैत्री मानिन्छन्। आईक्यानमा अध्ययन गरिरहेका विधार्थीहरुमाँझ निकै नै सु-परिचित रहेका खनाल शालीन व्यक्तित्वको रुपमा समेत चिनिन्छन्। सटिक विचार भएका सिए महेश खनाल सबैलाई मिलाएर लान सक्ने सिएका रुपमा समेत चिनिन्छन्।
यस्तो छ प्रकाश लम्शाल माथि बजारको टिप्पणी : केहि बर्ष अगाडि आईक्यानमा उठेको एक व्यक्ति एक पेसाको तत्कालिन कार्वनयनको विपक्षमा उभिएसँगै बिबादमा आएका प्रकाश लम्शालले गत आईक्यानको चुनावमा भने १०४ पहिलो मत ल्याएका थिए। बिदेशी सिएलाई एक बर्षको तालिमको प्राबधानमा पनि तत्कालिन अवस्थामा असन्तुस्टी जनाएका लम्षाल भारतीय बोर्डबाट उतिर्ण सिएहरुले दमदार समर्थन गरेपछि चुनावमा निकै नै राम्रो नतिजा ल्याएको कतिपय सिएहरु आरोप लगाउँछन् भने उनी निकट केहि सिएहरु भने यो कुरा स्युकार्दैनन्। यद्यपी बजारको दरिलो हिस्सा उनको पक्षमा रहेको बजारको विश्लेषण छ। आईक्यानको चुनावपछी विधार्थीको परिक्षा सेन्टरबारे विवादित प्रतिक्रिया दिएका उनी एक बर्षे तालिमको विपक्षमा उभिएर कार्वनयन भैसकेको यस मुद्धामा ‘आर्टिकल’ भन्ने सब्द र ‘ ‘स्टाइपेन्ड भन्ने सब्द हटाउने तयारिमा रहेको बजारको विश्लेषणले पनि नेपाली बिधार्थीमाझ बिबादमा आएका छन्। नरेन्द्र भट्टराईले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेपछी पनि आफ्नै कार्यकालको लागि उनले आईसीएईडब्लुसंगको एमआरए प्रक्रिया लम्बाएको समेत बजारका केहि सिएहरुले आरोप लगाउंदै आएका छन्। बिगतदेखि नै एक कोचिङ सेन्टरसँग नाम जोडिएर समेत बिबादमा आएका उनले नरेन्द्र भट्टराई गरेका कामहरुको जस लिने र नयाँ भने केहि गर्न नसक्ने बजारको आरोप छ। उनी अध्यक्ष भएसँगै अव एक व्यक्ति एक पेसा पूर्ण रुपमा कार्वानयन नहुने समेत केहि सिएहरुले दावी गरेका छन्।
यद्यपी यी दुई सिएहरुको कार्यकाल कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी नै छ। नेप्लिज डट ओआरजीबाट
प्रतिक्रिया दिनुहोस्