
के के गरे भट्टराई ले ? : नरेन्द्र भट्टराईले विशेष त दुई एतिहासिक निर्णय गरे। नेपाली लेखा व्यवसायमा बिगत लामो समयदेखि अड्किएको बिषय ‘अडिट फि परिमार्जन’ को बिषयलाई उनले निकै नै सफलता पूर्वक पूरा गरे। उनको यो निर्णयलाई नेपाली सिए बाजारले निकै नै स्वागत योग्य भने भने नेपाली लेखा व्यवसायमा एउटा कोशेढुंगाको रुपमा लिईयो। बेलायतको सिए संस्था आईसीएडब्लुसंगको एमआरएको प्रक्रियालाई पनि उनले अन्तिम तहसम्म पुर्याएका छन्। सकेसम्म एमआरए चांडो गर्ने प्रयाश गरेपनि आईक्यान भित्रकै केहिको जस मोहले उनको यो प्रयास भने सफल नहुने आशंका गरिएको छ। जे होस् उनले गरेको यो कदम पनि निकै नै सराहनीय छ। नेपाली विधार्थीहरुले पढ्दै आएको आइसीएआई सरहको पाठ्यक्रमलाई पनि आइसीएईडब्लु सरहको बनाउने प्रयास स्वरुप उनले थालेका प्रक्रिया र गरेका काम हरु पनि निकै नै एतिहासिक रहे।
कहिले पनि बिबादमा आएनन् : नरेन्द्र भट्टराई आफ्नो कार्यकालभंरी कहिले पनि बिबादमा आएनन्। सबैलाई मिलाएर लैजान सक्ने उनको क्षमतालाई राम्रैसंग देख्ने अवसर मिल्यो नेपाली सिए बजारमा। उनी बिधार्थीसंग पनि निकै नजिक रहे। उनकै नेतृत्वमा आईक्यानमा सिए अध्ययन गरिरहेका बिधार्थीहरुले सिए कन्फेरेन्स गर्न सफल भए। आइक्यान भित्र पनि उनी कुनै कुरामा खास बिबादमा परेनन्।
प्रतिक्रिया दिनुहोस्