Skip to content

को होला आईक्यानको अवको अध्यक्ष र उपाध्यक्ष ?

 
आईक्यानले आईक्यानको सातौँ परिषद्को पहिलो कार्यकालको लागि अध्यक्ष र उपाध्यक्षको पदका लागि निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।  आईक्यानले एक सार्वजनिक सुचना जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको बताएको छ। 
आईक्यानको अवको अध्यक्षको पदमा प्रकाश लम्षाल लगभग निश्चित भएको बजारको विश्लेषण छ।  एक व्यक्ति एक पेसालाई पर सार्नुपर्ने आरएहरुको माग भईरहेका बेला कतै आरएहरुले प्रकाश लम्शाललाई  असहयोग त गर्ने होइनन् ? भन्ने चर्चा  एकातर्फ चलिरहेका छ भने बजारका केहि सरोकारवालाहरुले एक व्यक्ति एक पेसा पर सार्ने सर्तमै प्रकाश लम्षालले आरएहरुको समेत विश्वास लिईसकेको आरोप लगाउन थालेका छन्।
यता उपाध्यक्ष पदका लागि कस-कसले उमेद्वारी दिन्छन् भन्ने कुरामा विभिन्न चर्चा परिचर्चा भईरहेका बेला सिए महेश खनाल उपाध्यक्षको दावेदार भएको विश्लेषण गर्न थालिएको छ।  निर्वाचित सदश्यहरुको राम्रो संख्याले उनलाई साथ दिने भएको बजारको चर्चाले पनि उनको सम्भावना निकै नै बलियो मानिएको हो।  यद्यपी उपाध्यक्षको पदमा भने अन्य केहि सिएले समेत उमेद्वारी दिने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्