“Is this a question to ask?” निधार खुम्च्याउदै मेरा एक मित्र कर गरेपछि
भन्छ्न”पैसा कमाउन”।
लक्ष्मिनगरलाई समृद्ध बनाउन लगभग १५-२० हजार नेपाली विद्यार्थीको प्रती
विद्यार्थी १०-१२ लाखको भुमिकाको मुल्यांकन यो धर्तिमा कसैले गर्नेछैन,तर
त्रिभुवन बिश्वबिध्यालयनजिक किर्तिपुरका घरमुलिहरु जतिपनि आर्थिक फाइदामा
पुगे,गर्वले छाती फुल्छ,कमसेकम आफ्नै देशवासीलाई त सहयोग भयो । भारतनै किन
नहोस देश छोडेर आउन रहर कस्लाइ छ र, पढ्नेहरू हुन या रोजगार खोज्नेहरु।
यो धर्ती को नियम हो,मान्छे सुबिधा र अवसरतर्फ आकर्सित हुन्छ,हामी त्यही
अवसरको खोजीमा विदेशिन्छौ ।आर्काको भुमिमा शिर निहुराउदै रगत पसिना बगाउन
बाध्य हुन्छौं,नेपालको पासपोर्ट हो भन्ने थाहा पाउन बित्तिकै जो सुकै होस
नेपाली प्रती गर्ने व्यवहारले हरेक नेपाली को मुटु बिझ्ने गर्छ ।
प्रतिभावान नेपाली CA विद्यार्थीलाई Inter. पास गरेपछि फर्म खोज्ने
मामिलामा होस या CA बनेपछी रोजगार खोज्ने मामिला,Institute ले उल्लेख्निय
सहयोग गरेको कतै सुन्न पाइन्न । सबै आफैले गर्ने हो ।
त्यसरी नै विदेशमा सरकार आएर कुनै नेपाली को मुख मा बुजो हाल्दिदैन,रगत
पसिना आफै बगाउनु पर्छ ।जता गएपनि आफै गर्न परेपछि किन नेपालमै नगर्ने त
भन्ने कुरो उठला,जमाना फास्ट फुड को छ,मानिस मेहेनतको पनि फास्ट रिजल्ट
खोज्छ,त्यही भएर बरु आत्मसम्माननै बेच्न किन नपरोस मान्छे विदेशिको गुलामी
गर्न तयार छ,सत्य तितो हुदो रैछ ।
आजको पुस्ता राजनितीदेखि नाक खुम्च्याउछन,कतिले यो लेख पढ्ने छैनन्,कति विचमै छोड्ने छन् ,केही समाचार झै पढ्ने छन् ,थोरै मात्र पढेपछि बिचार गर्नेछन,यस्तै विचार राख्नेहरुसग छलफलको लागि अगाडि बढ्नेछन् ,सच्चा कर्मयोगी तिनै हुन जोसँग सिए मात्र बन्नुको सपना छैन,आफ्नै जिवनकालमा सकेसम्मको ब्यक्तिगत योगदान पुर्याउँछु भन्ने ढृढ अभिलाषा छ ।
लक्ष्य मात्रै पैसा कमाउने राखेपछि त्योभन्दा पर मान्छे केही देख्दैन। यहि लक्ष्य वोकेर नेपालको शासनसत्ता सम्हाल्नेहरुले नेपालको यस्तो हरिबिजोग बनाए किनकी लक्ष्यमात्रै पैसा हुनाले त्यो भन्दा अघि केही देखेनन।
त्यसैले पैसा कमाउनुस,टन्न कमाउनुस तर सेवामुलक लगानी गर्नुस्,लगानीमात्र गर्नु भो भने पैसा जम्मा होला सन्ततिको लागि अरु केही हुनेछैन,तपाईंको शेषपछि तपाईंको घर सन्तानको नाममा हुनेछ, मरेपछि तपाईंले दुख गरेर जम्मा गरेको सारा सम्पत्तीवाट तपाईंको नाम पनि मेटाइनेछ।
मेरो विचारमा हरेक पेशागत संस्थाहरुले Personal Social Resposibility(PSR) को अबधारणा ल्याउन जरुरी छ।
यो लेखको मुल तात्पर्य सिए पढ्ने विद्यार्थीहरु ठूलो सोचका साथ डटेर मेहनत गरुन,पैसा कमाउने मात्र हैन सेवामुखी लगानी गर्ने पनि सपना साचुन भन्ने हो । जीवनलाई ईश्वरको अमुल्य वरदान सम्झी सार्थक अनि सफल बनाउन कम्मर कसुन।भनिन्छ नेपालमा जन्मिने हरेक बच्चाको टाउकोमा रु.२५-३०हजार को ऋण छ रे। नेपालमा जन्मिनुमा कसैको गल्ती छैन,गल्ती जन्मेर पनि केही योगदान नगर्नु मा हुनेछ। सिए बन्ने विद्यार्थीहरु नेताका ललिपपमा नलागौ, किनकी हामीले पढेका छौ Financial Statements मा Contingent Assets recognize हुदैन,सपना को सिङापुर Contingent Asset हो। पेशागत हिसाबले हामी कुनै कम्पनीको Financial Statements बनाउदा कम्पनी को Performance लाई मुल्यांकन गर्छौ,त्यसरी नै नेताको मुल्यांकन गर्ने हो भने Assets side मा केही हुनेछैन,यी liabilities मात्र हुन् (किनकी Assets side मा पनि losses हुनेछ),एउटामात्र उपाय छ चुनाब मा Compulsory WindingUp गर्ने किनकी Voluntary यिनले यो जुनिमा गर्ने छैनन्,रातपछी दिन आफै आउँछ कुर्नै पर्दैन ।
हामीविच भाइचारा कायम रहिरहोस ।मगमग वास्ना आउने जंगली फुल पनि समस्याविहिन हुन्न,हाम्रो जिवनमा पनि समस्या आउने निश्चित छ, डटेर सामना गरौ नत्र लोप हुनेछौं।
अन्तिममा विनाशकारी महाभुकम्पमा डटेर सेवामालाग्ने सबै लाई सम्मान।जय होस !!!
प्रतिक्रिया दिनुहोस्