Skip to content

सिए पढ्न दिल्ली गए राज, तीतो सत्यमा अव नदेखिने

सिए विधार्थी समेत रहेका तितो सत्यका बाल कलाकार राज आचार्य तितो सत्यबाट बिदा भएका छन् । सीपीटि सकेर आइपीसीसी गर्न राज दिल्ली हानिएका हुन्।  उनका दाजु समेत सिए फाईनलका विधार्थी हुन्। यसै  अबसरमा तितो सत्यका निर्देशक दिपक राज गिरी र दिपाश्री निरौला र राज सहितको सेल्फीको सहितको फोटो राखेर भाबुक स्टाटस दिपकले लेखेका छन् । उनले पुतलीसडक स्थित सीसीएमए कलेजमा सीपीटि अध्ययन सकेका थिए।

दिपकले स्टाटसमा लेखेका छन्,   “हामिले नजन्माएको तर हाम्रो छोरो अब उस्लाइ तीतो सत्यमा देख्न पाउनु हुनेछैन ,उच्च शिक्षा हासिल गर्ने क्रमममा सिए अध्ययनका लागि हिजो मात्र भारत प्रस्थान गरेको छ राज ,सिए बन्ने लक्ष्यका साथ हिड्यौ खुशि छौ ।

तर भोलि देखि तीतो सत्यको सेटमा हाम्रा आंखाहरुमाले तिमीलाइ  यताउता खोजिरहने छन् । बहुमुखी प्रतिभाशाली राज तिमिलाइ म , दीपाजी तीतो सत्यका लाखौ दर्शकले मिस गर्नेछौ। सानो थियौ दॉत फुक्लेको थोते ३ कक्षामा पढने बालक हाम्रौ अगाडि हुकिर्यौ, अभिनय जस्तो कठिन काम गर्दा पनि एसएलसिमा ९१.५ अंक ल्याइ उतिर्ण भइ हामिलाइ अचम्मित तुल्याईदियौ ।

कहि केहि नभए जस्तो, केहि हराए जस्तो केहि नपुगे जस्तो तर तिम्रो लक्ष्य हाम्रो ममता भन्दा धेरै गुणा महत्वपूर्ण  छ । तिम्रो भबिष्य अनि देशले पाउने भोलिको एक सक्षम सिए लाई  हाम्रो पुत्र प्रेमले रोक्न सक्दैन।

…….. शुभकामना lots of love my boy …

प्रतिक्रिया दिनुहोस्