भारतको राजधानी नया दिल्लीमा रही सीए अध्ययन गरिरहेका नेपाली बिद्यार्थीहरुको संगठन मध्यको एक ‘नेप्लिज स्टुडेण्ट हेल्पिंग ह्यान्ड्सले’ आज लक्ष्मीनगरमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ। आउदो नोवेम्बर परीक्षालाई लक्षित गरि सीए पाठ्यक्रमबाट नै प्रश्न सोध्ने व्यवस्था रहेको सो कार्यक्रममा ६ समूहले भाग लिएका थिए। उक्त कार्यक्रम मदन बस्नेतको अध्यक्षता, सीए राजेश शर्माको प्रमुख आतिथ्य, नेपाली बिधार्थी संघ भारतका प्रमुख मदन भण्डारी, संजय श्रेष्ठ, सीए दीपेन्द्र दीपक र लक्ष्मीनगर स्थित विभिन्न संघसंघठनका प्रतिनिधिहरुको आतिथ्यतामा सम्पन्न भएको थियो।


प्रतिक्रिया दिनुहोस्