Skip to content

यस्तो छ आईक्यानका नवनिर्वाचित पार्षदहरुलाई हातेमालोले पठाएको पत्र

सिए सरोकार, दिल्ली ब्युरो।
भारतको नयाँ दिल्लीमा रहि आईसीएआई अन्तर्गत सीए अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुका विभिन्न समूहहरु मध्येको एक हातेमालो नेपाली विद्यार्थी समूहले  हालसालै जून १२ मा सम्पन्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को सातौँ परिषद्को निर्वाचनमा विजय हुन सफल भएका सम्पूर्ण नवनिर्वाचित सदस्यहरुलाई बधाई तथा शुभ कामना  पत्र बुझाएको छ ।
पत्रमा हातेमालोले सम्पूर्ण नवनिर्वाचित सदस्यहरुलार्ई सम्पूर्ण दिल्लीस्थित विद्यार्थीहरुको तर्फबाट हार्दिक बधाई एवम् सुखद कार्यकालको शुभकामना व्यक्त गरेको छ । पत्रमा यस नवनिर्वाचित कार्यकालले आगामी दिनहरुमा सीए प्रोफेसनको गरिमा अझ नयाँ उचाईमा लैजाने तथा सीए विद्यार्थीहरुका हक हितका लागि अझ तत्पर भएर लागि पर्नेमा आफू विश्वस्त रहेको हातेमालोका अध्यक्ष विशाल भट्टराईले उल्लेख गरेका छन् ।

नवनिर्वाचित सदस्यहरुबाट दिल्लीस्थित सीए विद्यार्थीहरुले गरेका अपेक्षाहरु पत्रमा बुँदागत रुपमा प्रस्तुत गरिएको छ । विशेषतः विदेशी भूमिमा रही अध्ययन गर्नुपर्ने विद्यार्थीहरुको रहर नभएको धरातलीय यथार्थलाई उद्वृत गर्दै यसको रोकथामको लागि विभिन्न नीतिनियम लागू गर्ने मात्र नभई आईक्यानले आफ्नो गुणस्तरीयतामा अझ बढी ध्यान दिनुपर्ने उल्लेख गरिएको छ । यसो हुन सकेमा विद्यार्थीहरुको पहिलो प्राथमिकता आईक्यानलाई नै जाने र वार्षिक रुपमा विदेशीइरहेको करौँडौँ रुपैँया देशकै आर्थिक विकासमा उपयोग गर्न सकिने सुझाव  ब्यक्त  गरिएको छ ।

नव निर्वाचित परिषद्ले विद्यार्थीहरुको हकहितको लागि देशका विभिन्न शहरहरुमा आईक्यानको शाखा विस्तार गर्नमा जोड दिनुपर्ने, सीए प्रोफेसन सम्बन्धी हुँदै आइरहेको विभिन्न गोष्ठी, समारोह इत्यादिलाई काठमाडौँमा मात्र सीमित नराखी अन्य भूभागहरुमा लैजानुपर्ने, पठ्यपाठन सामग्रीको सुलभ उपलब्धता साथै अनलाइन पोर्टलहरुको विस्तारमा विशेषतः ध्यान दिनुपर्ने, लगायतका सुझावहरु हतेमालोले पेश गरेका छ । नयाँ कार्यकालले आईसीएआई र आईक्यान विद्यार्थीहरुबीच सहभाव र समन्वय मजबूद राख्न ठूलो भूमिका खेल्ने अपेक्षा पत्रमार्फत् हातेमालोले राखेको छ ।

विभिन्न पेशागत मुद्घाहरुमा प्रत्यक्ष वेवकास्टको व्यवस्था तथा अन्य विदेशी लेखा संस्थानहरुसंग आपसी पहिचान सहमतिहरु विस्तार गरिएमा सीए प्रोफेसनको छवि उच्च हुन जाने पत्रमा उल्लेखित छ । वजेटपूर्व सरकारसमक्ष आर्थिक मामलासम्बन्धी ज्ञापनपत्र पेश, वित्त तथा लेखा सम्बन्धी विभिन्न जनस्तरका कार्यक्रमहरु सञ्चालन, विभिन्न गोष्ठी, कार्यशालाको आयोजना आदि गरी आईक्यानले देशको आर्थिक निर्माण ठूलो भूमिका खेल्ने अपेक्षा हातोमालोले नयाँ परिषद्सँग  राखेका छ ।

अन्त्यमा विदेशी लेखा संस्थानबाट उत्तीर्ण गरी आएका सदस्यहरुलाई ल्याउन लागिएको एक बर्षे प्रशिषणको नियममाथि पुन विचार  गर्न नयाँ परिषद्लाई पत्रमा आग्रह गरिएको छ । साथै नयाँ परिषद्ले आफ्नो सम्पूर्ण ध्यान आईक्यानलाई नेपालमा मात्र नभई विश्वभरि स–सम्मानीय पहिचान र मान्यता दिलाउनमा केन्दित हुने आशा पत्रमामार्फत् उल्लेख गरिएको छ ।
यस्तो छ पत्र :
 

प्रतिक्रिया दिनुहोस्