Skip to content

आईक्यानको परिक्षा एक महिना सर्यो

https://casarokar.com/wp-content/uploads/2015/05/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP-4.jpg
आईक्यानले  हेरक बर्ष जुन र डिसेम्बर पहिलो तारिखदेखि  लिने गरेको परिक्षा यसपाली भने जुलाई १ तारिख बाट लिने भएको छ।  शनिबार आएको महाँभूकम्पका कारण भएको क्षति र त्यस कारण बिधार्थीमा परेको भौतिक तथा मानसिक कस्टलाई ध्यानमा राख्दै आईक्यानले यसपालीको परिक्षा सारेको हो। 
आज आईक्यानमा बासेको काउन्सिल  बैठकले परिक्षा सार्ने निर्णय गरेको आईक्यानका उपाध्यक्ष प्रकाश लम्शालले सिए सरोकारलाइ बताउनु भएको छ ।  परिक्षाको फारम भर्ने मिति पनि यहि बैसाख अन्तिम सम्म सारिएको छ।   यस अनुसार अब आईक्यानले लिने क्याप वान , क्याप टु , क्याप थ्री र सिए सदश्यता परिक्षा यहि जुलाई एक तारिखबाट सुरु गर्ने भएको छ।  यस अघि आईसीएआईले पनि नेपालमा गएको भूकम्पलाई कारण देखाउदै नेपाल सेन्टरको परिक्षा सारेको थियो।  सिए सरोकारले समेत दवावमुलक सम्पादकीय प्रकाशित गर्दै आईक्यानलाई परिक्षा सार्न  झकझकाएको थियो ।


प्रतिक्रिया दिनुहोस्