Skip to content

देशको मौलिकता झल्काउदै हातेमालोको ७औ बार्षिक साधारण सभा सम्पन्न

ऋषि राम अधिकारी 
दिल्ली ब्युरो, सिए सरोकार 

भारतको राजधानी नया दिल्लीमा रही सीए (चार्टर्ड
एकाउन्टेन्सी) अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको वृहत छाता संगठन
हातेमालो
नेपाली विद्यार्थी समूह
ले’ आफ्नो सातौं  वार्षिक साधारण सभा तथा सांस्कृतिक कार्यक्रम
भव्यताका साथ सु
सम्पन्न गरेको छ। आई.टि.ओ स्थित हिन्दी भवनमा
हिजो सम्पन्न भएको उक्त कार्यक्रममा सभाले आफ्नो सातौं कार्यकारी समितिको समेत चयन
गरेको छ। निःवर्तमान अध्यक्ष विशाल
भट्टराईको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। 


नेपाली
दूताबासबाट पोलिटिकल काउन्सेलर तीर्थराज वाग्ले
, साँस्कृतिक
काउन्सेलर कृष्ण प्रसाद पन्त
, एन.आई.आर.सी.बाट प्रमुख सीए राज चावला,
उपप्रमुख
सीए हंशराज चुग
, पूर्व प्रमुख सीए राधेश्याम वंशल, बोर्ड
अफ इस्टडिज्का पूर्व निर्दैशक विजय कपूर
, अल इन्डिया
फेडेरेशन फर भोलुन्टरी अर्गनाइजेशनका महासचिव विष्णु प्रसाद वराल विशिष्ट अतिथिको
रुपमा रहेका थिए। त्यस्तै नेकपा एमाले सचीव
, प्रचार विभाग
प्रमूख योगेश भट्टराई
नि.वि.संघ भारतका
अध्यक्ष मदन भण्डारी विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो। साथै अतिथि आशनग्रहण अन्य विभिन्न संघसंस्थाका  प्रतिनिधिहरुले गरेका थिए। कार्यक्रमको मिडिया पार्टनर सीए सरोकार रहेको थियो।

सभामा संस्थाका
पूर्व कार्यकारी सदस्य तथा नवनिर्वाचित अध्यक्ष सुनिल बूढाथोकीले छैठौँ
कार्यकालको कार्यगत विस्तृत विवरण प्रस्तुत गरेका थिए। संस्थाका पूर्व कोषाध्यक्ष आशिष थापाले आफ्नो
कार्यकालको दौरान भएको आर्थिक विवरण पेश गरेका थिए। सभामा सीए सुमन आत्रियको
अध्यक्षतामा बनेको निर्वाचन समितिले सुनिल
बुढाथोकीको अध्यक्षतामा सातौँ कार्यकालको लागि १५ जना कार्यकारी सदस्यहरु चयन
गरेको छ। साथै यसै कार्यकालदेखि हातेमालोले आफ्नो संगठन विस्तार गर्ने ध्येयका
साथ ५ सदस्सीय
पब्लिक रिलेसनटिम पनि गठन
गरेको छ। संस्थाको नवनिर्वाचित अध्यक्षमा सुनिल बूढाथोकी
,
उपाध्यक्षमा
कैलाश श्रेष्ठ
, सचिवमा राहुल यादव, उप-सचिवमा  अजय अधिकारी, कोषाध्यक्षमा सागर भट्टराई, उपकोषाध्यक्षमा
सरोज सापकोटा सहित १५ जना कार्यकारी समितिमा चयन भएका छन्।
 साथै पब्लिक रिलेसनटिममा नयन मल्ल,
प्रज्वलराज
सुवेदी
, सारदा युनिभर्सिटीका प्रतिनिधि अभिषेक बूढाथोकी, दिल्ली
युनिभर्सिटीका प्रतिनिधि सजल थापा
, गुडन गैरे चयन भएका छन्। 


औपचारिक कार्यक्रम सकिए लगत्तै सुरु गरिएको सांस्कृतिक कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरुबाट
विद्यार्थीहरुले मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रमको मुख्य आर्कषणको रुपमा
देशभक्तिले ओतप्रोत गीतिनाटक र विभिन्न जातजातिको प्रतिनिधित्व झल्काउने सांस्कृतिक र्याम्प
 पैदल रहेको थियो। र्याम्प पैदलको
संयोजन नूमा कन्दंवाले गरेकी थिइन्। सांस्कृतिक कार्यक्रमको संयोजन नवनिर्वाचित
कार्यकारी सदस्य नवराज गौतमले गरेका थिए। त्यस्तै स्वंम्सेवक व्यवस्थान
नवनिर्वाचित उपाध्यक्ष कैलाश श्रेष्ठले गरेका थिए। कार्यक्रममा यसका साथै सीए विद्यार्थीहरुले गायन
, बाध्यबाधन तथा मौलिकता
झल्काउने विभिन्न नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।

यसका साथै हातेमालो नेपाली विद्यार्थी समुह दिल्लीमा कानुनी  रुपमा दर्ता भएको र आगामी कार्यकाल देखि   २ जना नेपाली सिए विद्यार्थीलाई छात्रवृतिको व्यवस्था गराइने संस्थाका नि:वर्तमान अध्यक्ष बिशाल भट्टराईले सिए सरोकारलाई बताएका छन्। आफु अध्यक्ष हुदा निकै नै खुशी भएको र आउदा दिनहरुमा हातेमालोलाई अझै नया  उचाईमा लाने संस्थाका नव निर्वाचित अध्यक्ष सुनिल बुढाथोकीले  सिए सरोकारलाई जानकारी दिएका छन्। कार्यक्रममा  उपस्थित विद्यार्थीले कार्यक्रम निकै नै राम्रो भएको र विशेष गरि  देशको मौलिकता झल्काउने प्रस्तुतिले सबै जना खुशी भएको सिए सरोकारलाई जानकारी दिए।   

प्रतिक्रिया दिनुहोस्