
विधार्थी भर्ना सिजनमा आईक्यानले आफ्ना सम्बन्धन प्राप्त संस्थाहरुलाई लिएर चरम लापरवाही गरेको छ। आफ्नो संस्थाबाट सम्बन्धन लिएका कतिपय इन्स्टिच्युटहरुको नाम नै वेबसाईटमा छुटाएर आईक्यानले पक्षपातपूर्ण काम गरेको छ। सम्बन्धन लिने इन्स्टिच्युटहरुको लिस्टमा बजारमा चलेका मानिएका दुई इन्स्टिच्युटहरु चैतन्य सिए र ईनलाईटेन्ड इन्टरनेश्नल एकेडेमीको नाम नै नराखी वेव साइटमा लिस्ट आएपछी बजारमा विभिन्न खालका शंका उपशंका हुन थालेका छन्। पोखरा स्थित ईनलाईटेन्ड इन्टरनेश्नल एकेडेमीले यस्तो कार्यलाई ‘नियोजित’ भनेको छ भने चैतन्य सार्वजनिक रुपमा यसबारे बोलेको छैन। आईक्यानले विधार्थी भर्ना सिजनमा नियोजित रुपमा खेदपूर्ण कार्य गरेको ईनलाईटेन्ड इन्टरनेश्नल एकेडेमीका प्रतिनिधिहरु बताउँछन्। भर्ना सिजनमा यसरि नियोजित रुपमा आफुहरुप्रति हेपाहा प्रवृति देखाउने र भर्ना सिजन पछी पानी माथिको ओभानो बन्न खोज्ने आईक्यानको पारा निकै नै गलत भएको ईनलाईटेन्ड इन्टरनेश्नल एकेडेमी प्रतिनिधिले सिए सरोकारलाई बताए।आईक्यानले गरेको ब्यबहारबारे ईनलाईटेन्ड इन्टरनेश्नल एकेडेमी प्रतिनिधि भन्छन् , “हाम्रो सर्बोत्कृस्ट नतिजालाई सहन गर्न नसकी फेक आईडी समेत बनाएर सिए ईन्स्टिच्युटहरुले नै बिभिन्न खालका नकरात्मक कमेन्ट गरीरहेका बेला आईक्यानको साईटमा पनि नाम छुटाउनुले नियत स्पष्ट हुन्छ। “
प्रतिक्रिया दिनुहोस्