बिरताको पगरी जो बाधिएको छ
स्वाभिमानको बजारमा
आफु हारेर पनि जो जिताउनु छ
दुख र बेदनाको शंघारमा
छ या छैन आफुलाई जो तिर्खा मेटाउनु छ
पानी निकाली मरुभूमिमा
मन दुखेर घाटी भारी हुँदा
व्यथा कसै सामु पोख्नु हुन्न
छोरा मानिस यहाँ तेसै रुनु हुन्न
भन्छन पाहाड नै फोड्ने बल छ
समुन्द्र नै छिचोल्ने साहास छ
के दिन के रात के भोक के तिर्खा
लगाई दिएका छन पगरी उत्तरदायित्व
भन्छन दुइ खुट्टामा सुरुवाल लगाएको छ
बारीको फुल त के ? चन्द्रमा नै खसाउनु पर्छ
परिवारको मुहार हसाउन
कष्टहरु सबै लुकाई
कृतिम हासो देखाउनु पर्छ
मन दुखेर घाटी भारी हुँदा
व्यथा कसै सामु पोख्नु हुन्न
छोरा मानिस यहाँ त्यसै रुनु हुन्न
पल्टनमा गोली लाग्दा
सानो घाऊ हो भन्नु पर्छ
विदेशी भुमिमा
रगत पसिना सुकाई
हात खुट्टा काप्दै
फलामका मेसिन चलाउदा
भन्नु पर्छ , आज बिदामा छु
सकी नसकी देशमा फोन गर्दा
गत हप्ताको लागि माफी माग्नु पर्छ
उनीहरुकै माग बमोजिम
समान खरिदको तालिका बनाउनु पर्छ
मन दुखेर घाटी भारी हुँदा
व्यथा कसै सामु पोख्नु हुन्न
छोरा मानिस यहाँ तेसै रुनु हुन्न
के थाहा उनीहरुलाई
मेरो सिरानी साँची छ
कति पटक घाममा सुकाएको छु
हातका ठेउला र फुटेका कुर्कुचालाई सोध
मेरो ढाड र काध कति दुखेको छ
अनिन्द्रा भोको पेट कति रात बसे
जाडो मा लग लगी काम्दै
चिसो सडकमा कति भौतारिए
दिन रात दुख्ने मेरो नली गाठो लाइ सोध
विस्वास लाग्दैन भने
एक पटक आख मा आखा मिलाएर हेर
मेरो जीवन का यथार्थहरु
हासो भित्र लुकेका झुठहरु
मेरो कल्पनामा सजिएको भविस्य
प्रस्ट देख्ने छौ
तेती ले पनि पुगेन भने
आऊ मसंगै सह यात्री बनेर
वाचा गर्छु प्रेतेक पल साथ दिनेछु
तिमि माथि कुनै संका गर्ने छैन
भए बाडी खाउला
नभए आँशु पिउला
भबिस्यको सपना होइन
वर्तमानको यथार्थ मा जिउला
मन दुखेर घाटी भारी हुँदा
व्यथा कसै सामु पोख्नु हुन्न
छोरा मानिस यहाँ त्यसै रुनु हुन्न
शैलेश ओझा
बेलायत
प्रतिक्रिया दिनुहोस्