अचेल मेरो गाउँ नयाँ खबरले तातेको छ।ठुलाबडा भन्ने गर्छन्,नयाँ संविधानमा हामी मधेसीको अधिकार कटौती गरिदै छ रे,बिहे गर्न लागेका मेरा दाजु विहारबाट हुनेवाली भाउजुले नागरिकता नपाउने हुन् कि भनेर तनावमा छन्।यसै पनि हल्लैहल्लाले चल्ने मेरो गाउँ,अधिकारको विषयमा अति नै गम्भीर बनेको छ।आन्दोलननै अन्तिम बिकल्प हो भन्दै नेताहरु गाउँ चहार्न थालेका छन्।अधिक गाउले निरक्षर छन्,उनीहरु संविधानजस्तो कम्प्लेक्स विषयमा आफ्नो मत बनाउन सक्षम छैनन्।नागरिकता पाउनुपर्छ भन्नेसम्म थाहा छ,तर कस्तो किन कसरी जस्ता कुरा बुझ्न भारीनै हुने गर्छ।यस्ता विषयमा नेता,जमिनदार र ठुलाहरुमै भर पर्नु अन्तिम विकल्प हुन्थ्यो।आधा गाउँ आन्दोलनमा सरिक हुने भयो।
कोहि भन्छन् यो स्वभिमानको लडाइँ हो।मधेसीले बोल्ने भाषा,रहनसहन,संस्कृतिको छिमेकी मुलुक भारतका युपिबिहार राज्यसग समानता छ।यहि समानता अपहेलनाको कारण बन्न सक्दैन।
खुला सिमानाको फाइदा उठाउदै केही भारतियहरुले नागरिकता लगे भन्ने गरिन्छ।म एक मधेसको स्वभिमानी नेपाली भएर पर्श्न गर्छु,”के हाम्रो देशको प्रशासन यति धेरै कमजोर छ,को आफ्नो को पराय भनेर चिन्न सक्दैन?”।सच्चा मधेसी नेपालीको भाग खान आउने जो कोहिलाई तह लगाउन प्रशासन र जनता हातेमालो गर्दै अघि बढ्नैपर्ने हुन्छ।एकजना पहाडीमुलका साथीले भने,”साथी धोती भनेको बाहिरिया पो हो ,तिमी त आफ्नै दाजुभाइ हौ,नेपाली मधेसी हौ नि”।
मैले कतै पढेको थिए,छिमेकी मुलुकका एकजना दलित नेता भन्थे अरे,”दलितहरुलाइ शिक्षित र सम्पन्न बनायो भने त,राजनिति नै धरापमा परिहाल्छ नि,के भनेर भोट माग्ने।अहिले पो अधिकार,अनुदान र कोटाको ललिपप देखाएको छु”।नेतृत्व जब बेइमानीको बाटो अपनाउछ,आफ्नै बाआमामाथी पनि राजनिती गर्छ भन्छन्।हजारौंकोबलिदान मुर्खता र घमण्डले माटोमा मिलाएका उदाहरण खोज्न आफ्नै देशको इतिहास पल्टाए पुग्छ।शासन गर्दा एकदिन मर्नु पनि पर्छ भन्ने सत्यलाई बिर्सने अदुर्दर्शी नेताले खेल्ने भाडाकुटी खेलका सिकार नेपाली जनता भएका छन्।
एक समुदायका जायज मागहरुप्रती अर्को समुदाय उदासिन हुनुको पछाडि बिकृत राजनितिकै दोष छ।यसैपनि धरासायी अर्थतन्त्र भुकम्पपछि झन् खोक्रो बन्दै छ।तराइमधेसमा यति ठुलो उथलपुथल भैसक्दा कुनै उल्लेखनीय प्रगति हुन सकेको छैन।यसरी दाजुभाइ फुट्दा गवारले लुट्न थालेको जुगौ भैसक्यो।नेपाली माटो सुहाउँदो बिचार र दर्शनलाई चटक्कै बिर्सेर बनेको आयातित फोर्मुलायुक्त शासन ब्यबस्थाले कति क्रान्ती जन्माउने हो भन्न सकिन्न।आज आम पहाडी दाजुभाइ नाकाबन्दी र कालोबजारीको सिकार भएका छन।आम तराइमधेसका दाजुभाइले बन्दहडताल भोगेको महिनौं पुग्दै छ।यसबाट कुन नेपालीलाई फाइदा भो? शासनगर्ने र शासन गर्न लालायित सबै नेताले जवाफ दिनुपर्नेछ।
म आम नागरिक हु।मैले आफ्नो जिवनयापन सहज ढंगले गर्न पाउनुपर्छ।बिकासको मामलामा सयौ बर्ष पछि परेको मेरो देश दशकैपिच्छे क्रान्ति र रक्तपात सहन सक्तैन।मगन्तेनीतिमा चल्ने हाम्रो राजनितिक संस्कारले देश अगाडी बढ्ला ठान्नु महाभुल हुनेछ।सहि लाई सहि र गलतलाई गलत नभन्ने वा भन्न ढिला गर्ने बौद्धिकबर्ग र नागरिकसमाज पनि आजको दुर्दशाकोलागि उत्तिकै जिम्मेवार छन्।आफ्नो विवेक बिर्सेर अरुका बिचारको चस्मा लगाउदै सहि बोले सम्भावित फाइदा गुम्छ कि ठान्ने युवाबर्ग र अन्धोभक्ती गर्ने कार्यकर्ताहरुले एकपटक सोच्नैपर्ने हुन्छ,के हामीले कल्पेको नयाँ नेपाल यस्तै हो???
पृथ्वीनारायण शाह पहाडे हुन् ठान्ने केही उग्रमधेसी दाजुभाइले एकपटक सोच्नुपर्ने हुन्छ,के ईतिहास बदल्न सकिन्छ?।जोसले मात्रै बिगत बद्लिन्थ्यो भने,म नेपाललाई युरोपमा पार्ने थिए। हामी आज मिलेको खण्डमा भने सायद भबिस्य बदल्न सकिएला।सकारात्मक सोच्नु र
सकारात्मकता फैलाउनाले नै शान्तिको बाटो पहिल्याउन सकिन्छ।
युवाहरुले स्वविबेक प्रयोग गरेर एकजुट हुँदै पाइलाचालेमा रास्ट्र निर्माणको नौलो सुरुवात हुन सक्नेछ।प्रकृतिले मनमर्जी गर्दा भुकम्प,सुख्खापन,बाढिपहिरो आउँछ।नेतृत्वले मनमर्जि गर्दा हाइटी,सुडान र युगाण्डा जन्मिन्छ।त्यो मनमर्जी रोक्न युवा बिबेकशिल हुनै पर्छ अनि पो पहाड शान्त हुन्छ,मधेस शान्त हुन्छ…….नेपाल सुन्दर,शान्त र विशाल हुन्छ ।
नैतिकरुपले पतित राजनीतिले कहाँसम्म पुर्याउछ थाहा छैन तर देशप्रतिको एउटै भावनाले सदैव एकताको माला गास्ने छ।भावनात्मक एकताकोलागि संस्कृतिक अभियानको जरुरत छ,के देशका प्रधानमन्त्री हातमा सम्विधान बोकेर धोती र कुर्ताको पहिरनमा सकार्य र एकताको लागि मधेसी जनतामाझ जान तयार छन् ? सुरुवात यहिबाट हुने छ।
मनमा नानाथरी कुरा खेलिरहदा,म टोल्हाउन पुगेछु,माइ(आमा)को बोलिले झस्के,”बेटा,कलिया एना उदास बैथल छियाइ,कि सोच रहल्छियै?”
(एक दिनलाई पहाडको नेपालीले मधेसको नेपाली बनेर हेर्दा,लेखकको एक कल्पना)
केपी उपाध्याय
(नयाँ दिल्ली,भारत)
प्रतिक्रिया दिनुहोस्