
के भन्छन् एनकासा अध्यक्ष ? : एनकासाको आधिअकरिक फेसबुक पेज मार्फत अरु कुनै साइटको बिज्ञापन गरिएको बारे सिए सरोकारले सोधेको प्रश्नको उत्तर दिंदै एनकासाका अध्यक्ष अनील आचार्यले आफु उपत्यका बाहिर भएकाले यसबारे जानकारी नभएको बताएका छन्। “म बाहिर थिएँ। एनकासाको फेसबुक पेजको एडमिन धेरै छन् कसले के गरे मलाइ थाहा छैन।
यस अघि पनि एनकासालाई नेपाल सिए स्टुडेण्ट डट कम नामक वेब साइटको प्रचार प्रसारमा लागेको आरोप लाग्दै आएको थियो। एनाकासा सम्बन्धि छुट्टै समाचार स्तम्भ बनाएर सिए सरोकारले समाचार प्रकाशन गर्दा भने कमै मात्र एनकासाको पेजमा उक्त समाचार शेयर हुने गरेको छ। सिए सरोकार नेपाल सरकार अन्तर्गत दर्ता भएर संचालन मा आएको अनलाइन पत्रिका हो भने नेपाल सिए स्टुडेण्ट डट कम कहीं कतै पनि दर्ता भएको छैन।
राहत संकलन सम्बन्धि समाचार प्रकाशनका लागि सिए सरोकारलाई एनकासा ले कुनै पनि जानकारी गराएको छैन। यस भन्दा अघि समाचार प्रकाशन का लागि एनकासाले विभिन्न खाले प्रेस बिज्ञप्ति सिए सरोकारलाइ पठाउने गरेको थियो। “राहत संकलन सम्बन्धि अपडेट हरु धेरै हेरिने भएकाले सिए सरोकारलाइ वास्ता नगरी कतै दर्ता नै नभएको साइटलाई एनकासाले प्रचार गरिरहेको गुनासो समेत आउन थालेको छ। सिए सरोकार एक्यानसंग सहकार्य गरी संकलित भएको राहत (जिन्सी सामाग्री) सिन्धुपाल्चोक पुर्याएर फर्केको छ भने एनकासा पनि ए क्यान संग मिलेर राहत संकलन गरिरहेको छ।सिए सरोकारका सम्पादक र एनाकासासंग निकट मानिएका एक सिए बीचको कुरालाई लिएर एनाकासाले नेपाल सिए स्टुडेन्ट डट कम नामक साइट को प्रचार गर्ने काममा एनाकासा लागेको आरोप लागेको छ। आजै मात्रै एक्यानको हाता भित्र राहत संकलनका क्रममा सिए सरोकारलाई लिएर विभिन्न नाकारात्मक टिप्पणी भएको अपुष्ट खबर आएको थियो। नेपाल सिए स्टूडेण्ट डट कम ले आफ्नो साइटले एनाकासा संग संयोजन गरिरहेको जानकारी आफ्नो साइट मा राखेको छ भने यता नेपाल सरकार मातहतका कुनै निकायमा दर्ता नै नभएको साइट संग कसरि संयोजन गरियो भन्ने प्रश्न अर्को प्रश्न बनेको छ।
प्रतिक्रिया दिनुहोस्