
ऋषिराम अधिकारी, नयाँ दिल्ली ।
मधेश आन्दोलन, भारतको नाकाबन्दी र नेपालको समसामयीक विषयको यथार्थ चित्रण गर्दै सामाजिक सञ्जालहरुमा बिगत ६ महिनादेखि चिनिएको नाम हो, रमेश प्रसाद साह । उनी सिए अध्ययनको क्रममा भारतको नयाँ दिल्लीमा बिगत ४ वर्ष देखि बसेर नेपाल र नेपाली जनताको युवा वर्गको प्रतिनिधित्व गर्दै समाजमा घटेका विषयहरुलाई जनमानसमा जस्ताको त्यस्तै उतार्दै आइरहेका छन् । चाहे मधेसको मुद्दा होस् वा विदेशी चलखेल, सबैमा उनी आफ्नो शब्दको माध्यमबाट खरो रूपमा प्रस्तुत हुँदै आईरहेका छन ।
प्रतिक्रिया दिनुहोस्