काठमाडौँ। नेपालमा चार्टर्ड एकाउन्टेन्सी (सीए) शिक्षामा नयाँ पाठ्यक्रम लागू भएको छ। लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यस परिवर्तनको घोषणा गरेको हो।
आइक्यानका अध्यक्ष सीए प्रविणकुमार झाका अनुसार नयाँ पाठ्यक्रमको उद्देश्य युवापुस्तामा सीए पेशाप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्नु हो। उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम निर्माण गरिएको छ, जसले नेपालमा अध्ययन गरेका सीएलाई विश्वका कुनै पनि देशमा सहजै काम गर्न सक्ने वातावरण सिर्जना गर्नेछ।’
यस नयाँ पाठ्यक्रमले सीए शिक्षालाई अझ प्रभावकारी र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ। जसले नेपालको लेखा व्यवसायलाई अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी अघि बढाउन मद्दत पुर्याउनेछ। यो हेर्नुहोस्:
प्रतिक्रिया दिनुहोस्