काठमाडौँ। सिटिजन्स सेयर ब्रोकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष अर्याललाई एक्यानले सम्मान गरेको छ । सेयर बजारमा ठुलो योगदान पुराएको भन्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले अर्याललाई सम्मान गरेको हो।
उनी एक्यानको विशेष साधारणसभामा सम्मानित भएका हुन्। अर्याल नेपालका एक प्रमुख चार्टर्ड एकाउन्टेन्ट (सीए) र सेयर बजारका विश्लेषक हुन्। हाल उनले सीबीआईएल सेक्युरिटिज लिमिटेडको सीईओको रूपमा कार्य गर्दै आएका छन्।
यसअघि उनले जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षको रूपमा पनि सेवा गरेका थिए। उनको सेयर बजारमा लामो अनुभव र वित्तीय क्षेत्रमा गहिरो ज्ञानले उनलाई एक सम्मानित वित्तीय विशेषज्ञको रूपमा स्थापित गरेको छ।
प्रतिक्रिया दिनुहोस्