काठमाडौँ। सानिमा मिडल तमोर हाइड्रोपावरका जेनेरल मेनेजर सुदीप रोका सम्मानित भएका छन्। हाइड्रोपावर क्षेत्रमा ठुलो योगदान पुराएको भन्दै उनलाई एक्यानले सम्मान गरेको हो।
एक्यानले आफ्नो विशेष साधारणसभामा रोकालाई सम्मान प्रदान गरेको हो। सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेड नेपालका प्रमुख जलविद्युत कम्पनीहरूमध्ये एक हो।
यसले ताप्लेजुङ जिल्लामा रहेको मिडल तमोर जलविद्युत परियोजना (७३ मेगावाट) सञ्चालनमा ल्याएको छ।
प्रतिक्रिया दिनुहोस्