Skip to content

एसपीएसए सेक्युरिटीजकी सीईओ जेलीना कँडेल सम्मानित

काठमाडौँ। एसपीएसए सेक्युरिटीज लिमिटेडकी सीईओ जेलीना कँडेल सम्मानित भएकी छिन्। सेयर बजारमा ठुलो योगदान पुराएको भन्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले उनलाई सम्मान गरेको हो।

उनको योगदानले नेपाली पूँजी बजारको विकास र सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ। एसपीएसए सेक्युरिटीज नेपालका एक प्रमुख सेयर ब्रोकरेज कम्पनी हो। जुन नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको सदस्य रहेको छ।

यस कम्पनीले सेयर ब्रोकरेज, डिम्याट खाता सेवा, र केवाईसी दर्ता जस्ता वित्तीय सेवाहरू प्रदान गर्दछ।

प्रतिक्रिया दिनुहोस्