काठमाडौँ। वित्तीय प्रवर्तक सिए अनुपमा सङ्ग्रौला सम्मानित भएकी छिन्। एक्यानको विशेष साधारणसभामा सिए सङ्ग्रौला सम्मानित भएकी हुन्।
वित्तीय साक्षरता र कर शिक्षामा जनचेतना फैलाएर ठुलो भुमका खेलेको भन्दै उनलाई एक्यानले सम्मान गरेको हो। सिए अनुपमा सङ्ग्रौला एक चर्चित चार्टर्ड एकाउन्टेन्ट (सीए), शैक्षिक कन्टेन्ट क्रिएटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सर हुन्।
उनले वित्तीय साक्षरता र कर शिक्षा सम्बन्धी छोटो र प्रभावकारी भिडियो सामग्रीहरू इन्स्टाग्राम र टिकटकमा प्रस्तुत गर्दै लाखौं फलोअर्स कमाएकी छन्। उनले भविष्यमा युट्युबमा पनि विस्तृत शैक्षिक भिडियोहरू प्रस्तुत गर्ने योजना बनाइरहेकी छन्।
प्रतिक्रिया दिनुहोस्