Skip to content

आइक्यानको कार्यकारी निर्देशक पदबाट श्रेष्ठले दिए राजिनामा

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को कार्यकारी निर्देशक पदबाट सुरेन्द्र भुषण श्रेष्ठले राजिनामा दिएका छन् । आफ्नो व्यक्तिगत कारण देखाउँदै आइक्यानको कार्यकारी निर्देशक पदबाट श्रेष्ठले राजिनामा दिएका हुन्।

लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) मा उनी गत नोभेम्बर १० मा नियुक्त भएका थिए।

श्रेष्ठको राजिनामा स्वीकृत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्