काठमाडौँ। अब जुनसुकै विषयबाट १२ कक्षा उत्तीर्ण गरेकाले सीए पढ्न पाउने भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान)को नयाँ निर्णय अनुसार यो व्यवस्था लागु भएको हो ।
यसअघि तोकिएको विषय लिएर २.४० जीपीए ल्याएर १२ उत्तीर्ण गरेकाले मात्रै अध्ययन गर्न पाउने प्रावधान थियो भने अब १२ कक्षामा २ जिपिए ल्याएका विद्यार्थीले समेत सीए अध्ययन गर्न पाउने भएका हुन् ।
लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले लेखा व्यवसायको एक अग्रणी संस्था दि ईन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स इन इंगल्याण्ड एण्ड वेल्स (आईसीएईडब्लु) सँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम विकास गरेको हो।
यसरी विकास गरिएको नयाँ पाठ्यक्रम चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमश: डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ बाट लागू गरिने भएको छ। सिएको नयाँ पाठ्यक्रम भए पनि अध्ययन शुल्कमा भने फेरबदल नभएको आइक्यानले जनाएको छ।
विगत २६ वर्षदेखि चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदान गर्दै आएको आइक्यानले भने अब समय सान्दर्भिक पठनपाठन गराउन पाठयक्रममा परिवर्तन ल्याएको हो।
प्रतिक्रिया दिनुहोस्