Skip to content

अनलाइन सेक्युरिटिजका सीईओ विशाल अग्रवाल सम्मानित

काठमाडौँ। अनलाइन सेक्युरिटिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विशाल अग्रवाल सम्मानित भएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को विशेष साधारणसभामा उनी सम्मानित भएका हुन्।

वैशाख २६ गते (शुक्रबार) काठमाडौँस्थित ‘ग्लोबल कलेज अफ म्यानेजमेन्ट’ मा एक्यानले उनलाई सम्मान गरेको हो। सेयर बजारमा ठुलो योगदान पुराएको भन्दै एक्यानले अर्याललाई सम्मान गरेको हो।

उनले सेयर बजारका बारेमा जानकारी दिने कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्