आइक्यानले यह्ही जुन महिनाको परिक्षा दिनका लागि केहि विद्यार्थीहरुलाई अनिवार्य आइटी तालिम लिनु पर्ने ब्यबस्था ल्यायो तर तालिम सन्चालन गरेन। यसकारण आउँदो जुन महिनामा फाइनल परिक्षा दिनुपर्ने विद्यार्थी र क्याप थ्री उतिर्ण भएर पनि सदश्यता लिन नपाएकाहरू अहिले तनावमा छन् । तोकिएको मितिभन्दा केहि दिन मात्र ढिला भएको खण्डमा आइक्यानले विभिन्न शिर्षकमा जरिवाना उठाउने गरेको छ। तर त्यहि आइक्यानले विद्यार्थीको भविष्यमाथिनै खेल्ने काम गर्दापनि विद्यार्थीको समय वर्वादीको ख्याल गरेको छैन ।
‘आइक्यानले आफ्नो निर्णयको जिम्मेवारी लिन नसक्ने हो भने क्याप थ्री उतिर्ण विद्यार्थीहरुको समय बर्बादीको क्षतिपुर्ती कसले दिन्छ त ? के उनीहरुको समय आइक्यानको लापरबाहीको कारणले भैरहेको ढिलाईको प्रतीक्षामै बिताउने हो?’ हाल सिए फाइनल अध्ययन गरिरहेका एक विद्यार्थीले सिए सरोकारलाइ सुनाए । उनी अगाडी भन्छन्, ‘आइक्यानले विद्यार्थीको मौलिक हकमाथि खेलबाड गरेको छ। ‘
हाल सिए फाइनल अध्ययन गरेका अर्का एक विद्यार्थी भन्छन्, ‘यसपालीको नेतृत्व त कहिले पनि नपरेको ‘झुर’ परेछ । खाली विदेश भ्रमणमात्र जान खोज्नेलाई अध्यक्ष बनाएर नेपाली सिए क्षेत्रले नै गलत गरेको जस्तो लाग्छ। ‘ उनले भने ।
प्रतिक्रिया दिनुहोस्