Skip to content

आइक्यानको लापर्वाहीका कारण क्याप थ्री उतिर्ण भएर पनि सदश्यता पाएनन् उनीहरुले

नेतृत्व कमजोर भएपछि एउटा संस्थासँग आवद्ध सरोकारवालाहरुले कतिसम्म  दु: ख पाउँछन् भन्ने कुराको पछिल्लो उदाहरण हो आइक्यानको लापर्वाही ! आइक्यान भन्छ, ‘ आइटी परिक्षा नदिई सिएको सदश्यता वा क्याप थ्रीको परिक्षा दिन पाईदैन।  लौ न त  परिक्षा दिउँ भन्दा पनि आइक्यानसँग पाठ्यक्रम  छैन । पाठ्यक्रमनै नभएपछी  पाठ्य  सामाग्री हुने  त कुरै भएन । त्यसमाथि आइक्यानले अझै उक्त कोर्ष पढाउने ठाउँको समेत ब्यबस्था गरेको छैन । यहि कारण विद्यार्थीहरु मारमा परेका छन् ।
आइक्यानका कर्मचारीहरु छिट्टै नै यो कुराको टुंगो लाग्ने बताउँछन् । तर यो ‘छिट्टै’ भनेको कहिले हो भन्ने कसैलाई थाहा छैन ।  ‘छिट्टै’ भनेको पनि एक महिनाभन्दा बढी भइसक्यो ।  सिए उतिर्ण भएर पनि सदश्यता नपाउँदा एकातर्फ सदश्यता  नपाएकाहरुले काम गर्न पाएका छैनन् भने अर्कोतर्फ आउँदो जुन महिनामा क्याप थ्रीको परिक्षा दिनेहरुलाई परिक्षा नै दिन नपाइने हो वा दिन पाएपनि अन्तिम समयमा यहि आइटिका कारणले परिक्षा बिग्रिने होकी भन्ने चिन्ता छ ।
यस्तो परिस्थितिमा आइक्यानका अध्यक्षलाई भने विद्यार्थीको कुनै मतलव नभएको देखिन्छ । आइक्यानको अध्यक्ष भएपछी धेरैजसो विदेशमै रहने आइक्यान अध्यक्ष नेपाल हुँदापनि अर्को विदेशको यात्रा गर्न तयारीमा हुनेगरेको बुझिएको छ । नेतृत्व कमजोर भएका कारण विद्यार्थीहरु मर्कामा परेको धेरैको गुनासो छ भने सिएहरुलाई सदश्यता नदिएर बजारमा आफ्ना क्लाइन्टहरु नाखोसीउन् भन्ने ध्यानमा अध्यक्ष लागेको केहि सिएहरु आरोप लगाउँछन् ।  यस अघिपनि आफ्ना क्लाइन्टहरु खोसिने डरले  जीएमसीएस तालिम ढिलो गरेर संचालनमा ल्याएको आरोप आइक्यानका अध्यक्ष प्रकास लम्शाललाइ लागेको थियो ।            

प्रतिक्रिया दिनुहोस्